गलत अपुरो र अस्पष्ट सूचना दिने गुठी संस्थानको विरुद्ध राष्ट्रिय सूचना आयोगमा पर्यो पुनरावेदन !

गलत अपुरो र अस्पष्ट सुचना उपलब्ध गराउने गुठी संस्थानका धार्मिक शाखाका प्रमुख एवम् सहायक प्रशासक हरी प्रसाद सुवेदी र सूचना गलत , अपुरो र अस्पष्ट भएकाले सूचना सच्याइ सही सूचना विवरण उपलब्ध गराइ पाउ भनी संस्थानका कार्यालय प्रमुख किरण शाक्य समक्ष उजुरी गर्दा समेत संस्थानका प्रमुख किरण शाक्य र धार्मिक शाखाका प्रमुख हरी प्रसाद सुवेदीको डिजाइनमा सूचना अगाडी नै उपलब्ध गराइसकिएको हुनाले अब पुनः सूचना उपलब्ध गराइरहनु नपर्ने भनी निर्णय गर्दै नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्बन्धि ऐन २०६४ को मर्म , भावना र नागरिकको नैसर्गिक अधिकारमा कुठाराघात गरेकोले उनिहरुको विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेको छ ।

गलत अपुरो र अस्पष्ट सूचना विवरण उपलब्ध गराएकोले संस्थानले सूचना मागकर्तालाई निर्णय सच्याइ माग गरिएको सम्पुर्ण सूचना र विवरण ३ दिन भित्रमा उपलब्ध गराइयोस अन्यथा ऐन बमोजिम पुनरावेदन गरिनेछ भन्ने व्यहोराको उजुरी गर्दा समेत गुठी संस्थानले सूचना मागकर्तालाई सूचना उपलब्ध नगराएपछी हलेसीपाटीका अध्यक्ष/प्रकाशक मनोज गिरीले उनिहरु विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका हुन् । खोटाङको प्रसिद्ध तिर्थस्थल हलेसी महादेव मन्दिर सँग सम्बन्धित विषयको सूचना जानकारी माग्दा समेत संस्थानले सूचना मागकर्ता लाई झुक्याउने अलमल्याउने खालको सूचना विवरण उपलब्ध गराएकोले उनिहरुको विरुद्ध पुनरावेदन गर्नैपर्ने बाध्यता आइलागेको श्री हलेश्वर (हलेसी) महादेवका पुजारी मन्दीप गिरीका वारेस मनोज गिरीले हलेसीपाटीलाई जानकारी गराए ।

हलेसी महादेव मन्दिरमा भइरहेको चरम लापरबाही र घोटालाका बारे गुठी संस्थानलाई पटकपटक लिखित र मौखिक उजुरी गरेपनि संस्थानले उक्त उजुरीलाई बेवास्ता गरिरहेको छ । महादेव मन्दिरमा खुलेआम अधिकार बिहिनहरुले मन्दिरको भेटी आम्दानीमा लापरबाही गरेको बारे गुठी संस्थान , जिल्ला मालपोत कार्यालय खोटाङ र जिल्ला प्रशासन कार्यालय खोटाङलाई लिखित र मौखिक उजुरी गर्दा समेत सम्बन्धित निकाय मौन बस्नु अथवा मूकदर्शक बनेर कुनै कारबाही नगर्नुले कतै मन्दिरको भेटीघाटी उनिहरु समक्ष पनि पुगिरहेको छ कि क्याहो , नत्र किन छानबिन र कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यान पुग्न नसकेको हो भनेर स्थानिय आम नागरिकले यतिखेर ती निकायहरु माथी समेत आशंका गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार