७ दिन भित्र सूचना उपलब्ध नगराए हकको ऐन बमोजिम कारबाही हुने भन्दै राष्ट्रिय सूचना आयोगले लेख्यो पत्र

खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई सूचनाको हक बमोजिम पटकपटक सूचना माग गर्दा सूचना नै उपलब्ध नगराएपछी सूचना मागकर्ता एवम् हलेसीपाटीका अध्यक्ष/प्रकाशक मनोज गिरीले राष्ट्रिय सूचना आयोगमा नगरपालिका विरुद्ध पुनरावेदन गरेका थिए ।

आयोगमा पुनरावेदन परेपछि बाध्य भएर नगरपालिकाले सूचना मागकर्ता लाई गलत र अपुरो सूचना उपलब्ध गराएको थियो । सूचना मागकर्ताले नगरपालिका सँग खोटाङको प्रसिद्ध हलेसी महादेवको मन्दिर बाट नगरपालिकाले के कति अधिकार र निर्णयले मन्दिरमा आउने भक्तजनहरु बाट सरसफाइ शुल्कको नाममा आरती , रुद्री लगायतको शिर्षक बाट शुल्क उठाइएको हो , उठाइएका शुल्कले कहाँ – कहाँ र कुन कुन शिर्षकमा कति कति खर्च भयो सो को एकमुष्ट विवरण उपलब्ध गराउन माग गरेका थिए ।

नगरपालिकाले उपलब्ध गराएको सूचनामा मन्दिर स्थानिय तह भित्र पर्ने भएकाले उक्त शिर्षक बाट शुल्क उठाइएको हो भन्दै गलत र अपूरो सूचना उपलब्ध गराएको थियो । वि.स. १८६१ मा ताम्रपत्र बाट महादेवको महन्त पुजारी भएका पुजारी र तिनको सन्तान दरसन्तान , शिष्य प्रशिष्यले मात्रै महादेवको पुजारी भइ पुजारीहरुले मात्रै महादेवको पुजाआजा , रेखदेख , संचालन , व्यवस्थापन आदि गर्न पाउने गरि तत्कालिन राज्य प्रमुख बाट महन्त पुजारी हरुलाई गुठी प्रदान गरिएको थियो , जसलाई सर्वोच्च अदालतको २०७२/११/०२ को आदेस र फैसलाले समेत सदर गरेको थियो तर अधिकार बिना नगरपालिकाले मन्दिर भवनको एक कोठा कब्जा गरी सूचना केन्द्र नामक शाखा खडा गर्दै महादेवको भेटीघाटीमा समेत हातपात गरि अदालतले समेत मान्यता नदिएको कथित हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले खोलेको बैंक खाताको संयुक्त खातावाल बन्दै महादेवको भेटी आफुखुसी खर्च गरिरहेको पाइएकोले हाल सम्म महादेवको आम्दानी बैंकमा के कति जम्मा भएको हो सो को समेत एकमुष्ट विवरण उपलब्ध गराउन विवरण माग गर्दा समेत विवरण उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोगमा सो को बारे प्रमाण सहित उजुरी पेस गरेपछि आयोगले सो को विवरण र एकमुष्ट खर्च विवरणहरु सूचना माग कर्तालाई उपलब्ध गराउन विपक्षी नगरपालिकालाई आदेश गर्दा नगरपालिकाले महादेव मन्दिरको बारे नगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने भएकाले विवरण उपलब्ध गराउन नपर्ने वा दिन नसक्ने झुटो व्यहोरा उल्लेख गर्दै आयोगलाइ बोधार्थ राखी सूचना मागकर्तालाई विवरण उपलब्ध गराएको थियो ।

यसरी झुटो विवरण उपलब्ध गराएपछी गिरीले पुनः नगरपालिकाको विरुद्ध आयोगमा गलत र अपुरो सूचना उपलब्ध गराएकोले विपक्षी नगरपालिकाका कार्यालय प्रमुख कैलाश ठकुराठीलाई हक सम्बन्धि ऐन २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम कारबाही गरि माग गरिएका सूचना उपलब्ध गराइपाउ भनी पुनः उजुरी गरेपछि आयोगले पुनरावेदकलाई माग गरेको सूचना उपलब्ध गराउन पटकपटक आदेश गरेको भएपनी नगरपालिकाले सूचना मागकर्तालाई माग गरिएको सम्पुर्ण सूचना उपलब्ध नगराएपछी आयोगले पुनः ७ दिन भित्र सूचना मागकर्ताले माग गरेको विवरण उपलब्ध नगराए ऐन बमोजिम कारबाही हुने भन्दै परिपत्र गरेको छ ।

सूचना मागकर्ताले विवरण माग गर्दा नगरपालिकाले सुरुमा उपलब्ध गराएको सूचना विवरणमा मन्दिर स्थानिय तह भित्र पर्ने भएकोले शुल्क लगायत लिन पाउने भनी गलत र अपुरो सूचना विवरण उपलब्ध गराएको थियो । मन्दिर समितिले माछापुच्छ्रे बैंक शाखा हलेसीमा खोलेको बैंक खातामा खातावाल समेत रहेको नगरपालिकालाई हाल सम्म मन्दिरको खातामा के कति रकम जम्मा भयो सो को विवरण उपलब्ध गराउन माग गरिएकोमा नगरपालिकाले माग गरिएको सूचना विवरण उपलब्ध नगराएपछी नगरपालिकाको विरुद्ध आयोगमा उजुरी परेपछि आयोगको आदेशले बाध्य भएर मन्दिर आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले सुरुमा उसैले दिएको सूचना विवरण सँग बाझिने गरी मन्दिरको बैंक खातावाल बनेको नगरपालिकाले मन्दिर आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भएकाले सो को बारे सूचना विवरण उपलब्ध गराउन नसकिने भन्दै आयोगलाई समेत बोधार्थ राखी सूचना मागकर्तालाई झुटो विवरण उपलब्ध गराएपछी सूचना मागकर्ता एवम् हलेसीपाटीका अध्यक्ष/प्रकाशक मनोज गिरीले आयोग समक्ष उजुरी गरेपछि आयोगले नगरपालिकाका कार्यालय प्रमुखलाई सूचना मागकर्ताले माग गरेको सूचना विवरण ७ दिन भित्र उपलब्ध नगराए हक सम्बन्धि ऐनको दफा ३२ बमोजिम कारबाही हुनेछ भन्ने व्यहोराको परिपत्र गरेको छ ।

हक सम्बन्धि ऐनको दफा ३२ को उपदफा (१) मा सूचना उपलब्ध नगराउने वा गलत , अपुरो र अस्पष्ट सूचना दिने सूचना अधिकारी र कार्यालय प्रमुखलाई रु १ हजार देखि २५ हजार सम्म जरिवाना र विभागीय कारबाही समेत हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार