महादेवको गरगहना, भेटी हत्याउने र पुजारी हुँ भन्दै ठगी गर्ने हरुलाई मागियो लिखित जवाफ !

वि. सं. १८४३ मा तत्कालिन राज्य प्रमुखबाट खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको पुजाआजा , रेखदेख , संचालन र व्यवस्थापन गर्नु , मन्दिरमा आएका साधु सन्तलाई टारी हामीलाई आशीर्वाद दिई शेष रहेको गुठी बिर्ता जानी सन्तान दरसन्तान सम्म श्री को महन्त पुजारी भइ भोग गर्नु भनी जग्गा आदि समेत प्रदान गरी महन्त मनोहर गिरीलाई ताम्रपत्र हस्तान्तरण गरेको थियो ।

महन्त मनोहर गिरी पछि उनकै सन्तान राजबोल गिरी श्री को महन्त भइ परम्परा बमोजिम महादेवको पुजाआजा लगायतका कार्यहरु गर्दै आइरहेकामा श्री का महन्त राजबोल गिरीको २००५ सालमा देहावसान भएपछी निजकै छोराहरु जेठा धन बहादुर गिरी , माइला तुलसीराम गिरी र कान्छा अमृत गिरीलाई एउटै गुठीको ३ जना महन्त गर्न नमिल्ने भएकोले तिनै जनालाई हलेसी महादेवको एक एक बर्षको आलोपालो गरि श्री को पुजारी भइ महादेवको पुजाआजा , रेखदेख , संचालन र व्यवस्थापन गर्नु भनी तत्कालिन राज्य प्रमुखले २००६ साल पौष २९ गते खड्गनिसानी समेत प्रदान गरेको थियो ।

सोही बमोजिम श्री को पुजाआजा , रेखदेख , संचालन र व्यवस्थापन सनातन र परम्परा बमोजिम महन्त पुजारी भइ श्री को नित्य नैमित्य गरिरहेको अवस्थामा २०६२ सालमा तत्कालिन विद्रोही पक्ष माओबादीले ताम्रपत्रबाट महन्त पुजारी भएका पुजारीको सम्पुर्ण हक अधिकार जबर्जस्त खोस्दै महादेवको पुजा , गरगहना लगायतका सामाग्री हलेसी तुवाचुङ नगरपालीका वडा नम्बर ७ गैरिगुठ बस्ने गजुरमान राइलाई हलेसी महादेव मन्दिरको गुफा समितिको अध्यक्ष बनाइ सम्पुर्ण पुजाआजा का सामाग्री महादेवको गरगहना आदि जिम्मा दियो ।

द्वन्दकालिन समय भएकोले परम्पराका पुजारी हरु केही समय चुप लागि बस्नुपरेको थियो । शान्ती प्रकृयापछी लुटिएका खोसिएका सम्पुर्ण अधिकार हरु फिर्ता हुने आश र भरोसामा बसेका पुजारीहरुको अधिकार फिर्ता हुनुको सट्टा हलेसी महादेवको महन्त पुजारी हरुलाई महादेवको पुजाआजा , रेखदेख , संचालन र व्यवस्थापन गर्ने कार्यमा सघाउनुपर्ने गुठी संस्थानले समेत राज्य प्रमुखले प्रदान गरेको ताम्रपत्र खड्गनिसानी विपरीत जबर्जस्त माओवादी द्वन्दको समयमा गठन भएको हलेसी महादेव गुफा समितिलाई पुरस्कृत गर्दै हलेसी महादेव मन्दिर व्यवस्थापन समिती गठन गरि पुजारीहरुको नित्य कर्म माथी हस्तक्षेप भएको हुँदा महादेवका पुजारीहरु बम प्रसाद गिरी , मन्दीप गिरी समेतले गुठी संस्थान केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौं समेतलाई विपक्षी बनाई हालेको रिट नं ०७०-wo- ०२३९ को मुद्धामा सम्मानित सर्वोच्च अदालतले मिति २०७२/११/०२ मा रिट निवेदकको पक्षमा फैसला गर्दै विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरिदिसकेको छ ।

तरपनि   अनाधिकृत रुपमा अदालतको आदेश विपरित मन्दिरको भेटीघाटीमा हातपात गरि आफुखुसी खर्च गर्ने हलेसी तुवाचुङ नगरपालिका , हलेसी महादेवस्थान विकास समिती , अदालतको आदेश ले समेत अनावश्यक भनेको कथित हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हुँ भनी ठग्दै हिडेका हर्कराज राई , अधिकार बिना २०६२ साल मंसिर ९ गते महन्त पुजारी भवानी शंकर गिरी र मुख्य पुजारी बम प्रसाद गिरी नभएको मौकामा तत्कालीन माओवादीको रोहवरमा महादेवको गरगहना जबर्जस्त लिएर हाल सम्म पनि आफुखुसी राख्ने अवैध मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष गजुरमान राई, अधिकारै बिना म महादेवको पुजारी हुँ भन्दै पुजारीले पहिरन गर्ने पहेलो गेरुवस्त्र आदि पहिरन गर्ने द्वन्दकालिन समयमा माओवादीले बनाइदिएको गजुरमान समितिले नियुक्ति गरेको मन्दिरको चौकिदार गोपाल गिरी , र सर्वोच्च मुद्धाका अर्का विपक्षी हलेसी प्रहरी चौकी (इलाका प्रहरी कार्यालय हलेसी खोटाङ) समेतलाई के कति कारणले श्री को भेटी तथा आम्दानीमा हातपात गरि बैंक खाता खोली आफखुसी खर्च गरिएको हो/गराइएको हो, सो को जानकारी र प्रतिवेदन लिखित रुपमा बुझाउनको लागि श्री को पुजारी मन्दिप गिरीका उत्तराधिकारी (पुजारी) एवम् हलेसीपाटीका अध्यक्ष/ पत्रकार मनोज गिरीले लिखित रुपमा नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ बमोजिम मिति २०८०/०९/०५ मा हुलाकको माध्यमबाट पत्राचार गरी सूचना विवरण माग गरिएको भएपनी यो समाचार तयार गर्दै गर्दासम्म पनि महादेवको भेटीमा अवैधानिक रुपमा हातपात गर्ने बिकास समिती, नगरपालिका , हर्कराज राई , आफुखुसी महादेवको गरगहना राख्ने मुद्धाका विपक्षी गजुरमान राई र नियुक्ति नै नपाइ अधिकार बिना महादेवको पुजारी हुँ भन्दै भक्तजनलाई अल्मल्याउने/ठग्ने गोपाल गिरी समेतले पत्रको जवाफ दिएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार