मन्दिरको भेटीमा भइरहेको अनियमिततासँग गुठी संस्थानको साँठगाँठ, ऐन बमोजिम सूचना माग गर्दा गलत र अपुरो सूचना उपलब्ध गराउने संस्थानको विरुद्ध पुनरावेदन पर्दै

खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको भेटीघाटी आम्दानी लगायतमा अधिकार बिहिनहरुले हातपात गरि आफुखुसी खर्च गरी लापरबाही गरेको विषयमा यो भन्दा अगाडिको समाचारमा प्रकाशन गरिसकिएको छ ।

गुठी अधिनस्थ राजगुठी अन्तर्गत पर्ने हलेश्वर महादेव गुठी १८४३ मा तत्कालिन राज्य प्रमुखले ताम्रपत्र प्रदान गरि महन्त पुजारीले चलाउने यो गुठीलाई सर्वोच्च अदालतको आदेश विपरीत सर्वोच्चको मुद्धा का विपक्षी हरु मध्यका केही निकाय/व्यक्तिहरु द्वारा मन्दिरमा विभिन्न क्रियाकलाप गरि मन्दिरको भेटी आमदानीमा व्यापक घोटाला र लापरबाही भएको विषयमा हलेश्वर गुठी सम्बन्धि हेर्ने निकाय गुठी संस्थान , जिल्ला मालपोत कार्यालय खोटाङ र जिल्लाको प्रशासन कार्यालय खोटाङलाई समेत लिखित र मौखिक दुवै उजुरी गरिएको भएपनी सम्बन्धित निकाय मौन छ , छानबिन गर्न तत्परता देखाउदैन ।

 

गुठी संस्थान , नगरपालिका , हलेसी महादेवस्थान विकास समिती र इलाका प्रहरी कार्यालय हलेसीको आडमा मन्दिरको भेटीघाटीमा व्यापक अपचलन भइरहेको छ । मन्दिरको भेटी बाकसको ३ चावी मध्य एउटा चाबी इलाका प्रहरीले समेत राख्ने गरेको छ । महादेवको पुजारी हरुले सर्वोच्चमा हालेको रिटमा प्रहरी चौकी हलेसी हाल इलाका प्रहरी कार्यालय हलेसीलाई समेत विपक्षी बनाइ रिट दायर गरेका थिए । मन्दिरको भेटी माथी गुठी संस्थानको आडमा अवैध मन्दिर व्यवस्थापन समितिको नामबाट र नगरपालिका , विकास समिति लगायत बाट हातपात गरिएपछि हलेसीपाटीका अध्यक्ष/पत्रकार एवम् श्री हलेश्वर महादेवका पुजारी मन्दीप गिरी , कुलदिप गिरीका उत्तराधिकारी मनोज गिरीले गुठी संस्थान सँग सूचानाको हक बमोजिम मन्दिर सँग सम्बन्धित विभिन्न १० बुदे सूचना माग गरेका थिए ।

माग गरिएको सूचना १३ दिनपछि संस्थानले गलत अपुरो र अस्पष्ट नबुझिने गरि उपलब्ध गराएको थियो । माग गरेको सूचना सही ढंगबाट उपलब्ध नगराएपछी गिरीले संस्थानका कार्यालय प्रमुख समक्ष प्रमुखलाई सम्बोधन गरी गलत , अपुरो र अस्पष्ट सूचना उपलब्ध गराउने सूचना अधिकारीलाई कारबाही गरि माग गरिएका विभिन्न १० बुदे सूचनाको एक एक गरि बुदागत रुपमा स्पष्ट र बुझिने गरि सूचना जानकारी उपलब्ध गराइपाउ भन्ने व्यहोराको उजुरी गरेका थिए ।

यसरी कार्यालय प्रमुख समक्ष परेको उजुरीलाई समेत बेवास्ता गर्दै गुठी संस्थानले निर्णय नै गरेर सूचना उपलब्ध गराइरहनु नपर्ने भनी उजुरीको जवाफ दिने काम गरेको छ । नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्बन्धि ऐन २०६४ ले सार्वजनिक सरोकारको विषयमा हरेक नागरिकले जान्न थाहा पाउन सूचना लिन पाउने र सम्बन्धित निकायले सूचना मागकर्ता लाई सूचना जानकारी अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । हलेश्वर महादेव गुठी गुठी संस्थानको मातहतमा पर्दछ । गुठी संस्थानले महादेवको महन्त पुजारी नियुक्ति गर्ने र महादेवको महन्त पुजारीलाई मन्दिरको पुजाआजा रेखदेख संचालन र व्यवस्थापन मा सहयोग , संरक्षण र सम्बर्द्धन गर्नुपर्ने दायित्व रहेको हो ।

२०६२ मंसिर देखि अवैध समिति खडा गरि महन्त पुजारीको काम कर्तव्य र अधिकार खोसिएपछी त्यो समय देखी महादेवका महन्त पुजारीलाई मन्दिरको काम कारबाही गर्न रोकटोक गरिएपछि हाल सम्म पनि अवैधानिक तवरले अनाधिकृत रुपमा अधिकार बिहिन हरुले मन्दिरको भेटी लगायतमा हातपात गरिरहेका छन् । सो को बारेमा हलेश्वर महादेव गुठी हेर्ने संस्थानलाई सबै विषयको जानकारी हुदाहुदै गराउदा गराउदै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुको साटो मन्दिर सँग सम्बन्धित सूचना जानकारी माग गर्दा समेत गलत अपुरो र अस्पष्ट दिएर महादेव मन्दिरको भेटीघाटी लगायतमा अपचलन भइरहेको विषयमा मलजल गर्ने काम गरिरहेको छ ।

मन्दिर सँग प्रत्यक्ष सरोकारवाला र पुजारीको उत्तराधिकारी को हैसियत बाट महादेवको मन्दिरको निकाय गुठा संस्थान सँग ऐन बमोजिम माग गरिएको सूचना गलत अपुरो र अस्पष्ट दिएर झुक्याउने र बेथिति सँग साठगाठ गरि रमाउने गुठी संस्थान लाई पुनः एकपटक को लागी गलत अपुरो र अस्पष्ट सूचना सच्याई माग गरिएका सबै सूचनाहरु बुदागत रुपमा सरल र सहज ढंगले बुझिने गरि सूचना उपलब्ध गराउन ताकेता पत्र लेखिने सो पछि पनि माग गरिएको सूचना उपलब्ध नगराए गुठी संस्थानको विरुद्ध पुनरावेदन गरिने हलेसीपाटीका अध्यक्ष/पत्रकार एवम् पुजारीका उत्तराधिकारी मनोज गिरीले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार