खोटाङमा खयर तस्करीको ढयांङग्रो बज्यो, खयर तस्करीमा वडाध्यक्ष नै संलग्न

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा न ४ बडहरे स्थित खोक्सेली सामुदायिक बन र हरियाली सामुदायिक बनमा भएका खयर तस्करीको घटना यतिबेला जिल्लामै चर्चाको विषय बनेको छ । तस्करहरुले सामुदायिक बनबाट खुलेआम खयर तस्कर गरी रहदा पनि सम्बन्धित निकाय र स्थानीय निकायहरु देखे पनि नदेखे जस्तै गरी बस्ने गरेको खुलेपछि हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले काठ तस्करीका विरुद्ध सशक्त आवाज उठाइरहेका छन ।
तस्करहरुले खयरकाठ तस्करी गरी ट्याक्टरमा लोड गरी लैजादै गरेको अवस्थामा स्थानीय महिला आमा समुहले उक्त खयर जफत गरेपछि यो सुचना तथा जानकारी हलेसीपाटीका अध्यक्ष गिरीसामु पुगेको थियो । सुचना प्राप्त गरेपछि पत्रकार गिरीले सामाजिक सञ्जाल मार्पmत खयर तस्करीबारे सार्वजनिक गरका थिए । यो विषयमा पत्रकार गिरीले खयर तस्करीको बारेमा जानकारी गराएका थिए ।

 

 

इलाका बन कार्यालय हलेसीका प्रमुख राम सागर मण्डलले तस्करीलाई कारबाही गर्ने भन्दा पनि कारबाही गरेजस्तो नाटक गरी खयर तस्करहरुलाई उन्मुक्ति दिने तरिकाबाट निर्णय गराएको थाहा हुन आएपछि पत्रकार गिरीले डिभिजन बन कार्यालय खोटाङलाई कारबाही प्रक्रिया चित्त नबुझेको भनि गुनासो गरेका थिए । गिरीले गुनासो दर्ता गरेपछि डिभिजन बन कार्यालय खोटाङ आपैmले खयर तस्करहरुलाई कारबाही गर्ने गरी खयर तस्करी भएको स्थानमा पुग्यो ।
डिभिजन बन कार्यालयका कर्मचारीले तस्करहरुले तस्करी गरेको खयर काठ ३ सय ९६ थान (३६१ क्युफिट) काठ नियन्त्रणमा लिइ काठको विवरण एकिन गरी टाचा लगाई जिल्ला लैजाने गरी सोही स्थानको एक सामुदायिक भवनमा भण्डारण गरेका थिए । बनका कर्मचारीले जिल्ला लैजान भण्डारण गरेको स्थानबाटै तस्करहरुले रातारात भण्डारण गरेका ठाउबाट ३९६ थान खयरकाठ मध्ये २४४ थान रातारात खोलामा लुकाइएका थिए । पत्रकार गिरीले खोलामा लुकाएको अवस्थामा खयर काठ पत्ता लगाई बनका कर्मचारीहरुलाई जिम्मा लगाएका थिए ।

उक्त खयर काठ खोलाबाट बनका कर्मचारीले मात्रै निकाल्न नसकेको गुनासो आएपछि गिरी आपैmले पाँच जना सहयोगी लिएर खयर काठ लुकाएको स्थानबाट निकाल्न सहयोग गर्दै गरेको अवस्थामा मिति २०८० भदौ १५ गते अपरान्ह ४ बजेको समयमा हतुनपा वडा न ४ बडहरेका वडाध्यक्ष किशोर कुमार बस्नेत सहित ५ जनाको समुहले पत्रकार गिरीलाई ज्यानै लिने गरी कुटपिट समेत गरेका थिए । पत्रकार गिरीमाथि मरसान्न हुने गरी कुटपिट मात्र गरेनन गिरीले गलामा लगाएको २ तोलाको सुनको सिक्री समेत लुटेर लगेका थिए । यसरी गिरीमाथि कुटपिट तथा लुटपाट भएपछि गिरीले जिल्ला अदालत खोटाङमा कुटपिटमा संलग्न हुने वडाध्यक्ष किशोर कुमार बस्नेत, सोही वडामा बस्ने पदमबहादुर तामाङ, सन्तोष भुजेल र प्रेमबहादुर बस्नेतविरुद्ध कुटपिट र लुटपाटको मुद्धा दर्ता गराएका छन ।

हाल पत्रकार गिरी नगर अस्पतालको सिफारिसमा थप उपचारको लागि काठमाडौको कान्तिपुर अस्पताल र काठमाडौ मेडिकल कलेजमा उपचार गराइरहेका छन । पत्रकार गिरीको शरीरका विभिन्न भागमा घाउचोट हुनुका साथै दाहिने कानको जाली समेत फुटेकोले अप्रेशन गरी कानको जाली भर्न उपचारमा संलग्न डक्टरहरुले सल्लाह दिएका छन । उक्त डक्टरको सल्लाह अनुसार कानको अप्रेशनको तयारीमा पत्रकार गिरी लागेका छन ।

तस्करी गरेको काठ नियन्त्रणमा लिन बन कार्यालयका कर्मचारीसंग काठ ओसार्न सहयोग गर्दै गर्दा वडाध्यक्ष किशोर बस्नेत लगायतले ज्यानै लिने मनशायले कुटपिट र लुटपाट गरिसकेपछि पनि पत्रकार गिरी घर जादै गर्दा पनि उनीहरुले पिछा गर्न छाडेका थिएनन । पत्रकार गिरीले यसरी किशोर बस्नेत लगायतले पिछा गर्न नछोडेपछि आफुहरुमाथि सुरक्षा थ्रेट भएको भनि जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराएपछि च्यास्मीटार प्रहरी चौकीले घटनास्थलबाट सुरक्षा दिई मुल सडकसम्म स्कटिङ गरेको र त्यहाबाट इलाका प्रहरी कार्यालय हलेसीले पत्रकार गिरी सहित उनका सहयोगी पाँच जनालाई आफनो भ्यानमा राखेर घरसम्म पु¥याई दिएको थियो ।

राज्यको निकाय वडा प्रमुख जस्तो पद धारण गरेका वडाध्यक्ष किशोर कुमार बस्नेतले खयर तस्करी रोक्नुको सट्टा तस्करी हुनबाट रोक्ने पत्रकार गिरीलाई कुटपिट र लुटपाट गर्नमा संलग्न हुनुले वडाध्यक्ष बस्नेत स्वयम खयर तस्करीमा जोडिएको प्रमाण उनी आपैmले दिएका छन । कुटपिट र लुटपाटमा संलग्न वडाध्यक्ष बस्नेत समेतलाई पत्रकार गिरीले डिभिजन बन कार्यालय खोटाङमा खयर तस्करीमा संलग्न भएको भन्दै छानवीन गरी आवश्यक कारबाही गर्नको लागि उजुरी दर्ता गराएका छन । तस्करहरुसंग मिलेमतो गरी खयर तस्करी गर्ने इलाका बन कार्यालय हलेसीका प्रमुख राम सागर मण्डललाई समेत पत्रकार गिरीले छानवीन गरी आवश्यक कारबाही गर्न उजुरी समेत दर्ता गराएका छन ।
उजुरीका सम्बन्धमा कारबाही प्रक्रिया कहा पुग्यो भन्ने पत्रकार गिरीको प्रश्नमा खयर तस्करहरुलाई कारबाही गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको डिभिजन बन कार्यालय खोटाङले जनाएको छ ।

यता इलाका प्रमुख मण्डलको विरुद्ध अख्तियारमा समेत उजुरी परेपछि अख्तियारले डिभिजन बन कार्यालयको नाममा पत्रचार गर्दै मण्डल र उनको परिवार समेतको बैँक खाता लगायतका सम्पूर्ण विवरणहरु मगाएको छ भने मण्डललाई बन मन्त्रालयले सुनसरी जिल्लाको तालिम केन्द्र तरहरामा सरुवा गरिदिएको छ ।

यसरी खोटाङमा भएको खयर तस्कर प्रकरणबारे पत्रकार गिरिले सार्वजनिक गरेपछि गिरीलाई तस्कर समुहका केही समुहद्धारा पटक पटक आक्रमण गर्ने र विभिन्न ठाउमा फसाउन खोज्ने जस्ता हर्कतहरु निरन्तर चलिरहेका छन । खोटाङमा अन्य पत्रकारहरु कोही नबोल्ने भएका कारण गिरीलाई तह लगाउन सके खयर तस्कर तथा भष्ट्रचार गर्न सजिलो हुने भएका कारण यतिबेला तस्कर तथा दलालहरुको समुहले गिरीलाई फसाउन अनेकौ प्रोपोगण्डा रचिरहेका छन् । पत्रकार गिरीमाथि सामाजिक सञ्जानलमा खुलेमा ज्यान लिने धम्की समेत दिने गरेका छन । पत्रकारमाथि त्यस्ता धम्की आउन थालेपछि गिरीले त्यस्ता धम्की दिने विरुद्ध जिल्ला प्रशासन कार्यालय खोटाङमा शान्ति सुरक्षाको लागि निवेदन समेत गरेका छन ।

जिल्लामा यतिधेरै खयर तस्करी तथा भ्रष्ट्राचार भइरहदा ठुला ठुला मिडियाको धाक्कु लडाउने, आफुलाई पुरानो र अग्रज पत्रकारको पगरी गुथेका आफुलाई क्रियाशिल पत्रकार भन्न रुचाउने पत्रकार तथा पत्रकारका नेताहरु चुपचाप रहेका छन । त्यस्ता पत्रकारले खयर तस्करी सम्बन्धी एउटा समाचार त प्रकाशन गरे तर त्यसको फलोअप फलोअप गर्नु पर्नेमा खयर तस्करी रोक्दै राज्य र कानुनलाई सघाउने पत्रकार गिरीमाथि कुटपिट र लुटपाट हुदा पनि एउटा पनि समाचार बनाउन सकेका छैनन ।

जिल्लामा हुने तस्कर तथा भष्टचार बिरुद्धको अभियानमा हलेपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरी लागि परेका छन । गिरीले यस्ता प्रकारका घटनालाई टुंगोमा पुराउने र तस्करी रोक्दै खोटाङलाई भ्रष्ट्रचार तथा तस्करीमुक्त गराई जिल्लामा शुशासन कायम गर्ने गरी अभियान निरन्तर चलाइरहने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार