एकल महिला/विधुवा माथि नगरपालिकाको धोका , फर्म भर्न लगाएर अनुदानको चुलो पुर्व महिला जनप्रतिनिधि र शिक्षिकाहरुलाई वितरण (अडियो सहित )

अनाथ, अशक्त, एकल महिला विधुवा वा विदुर पुरुषहरुको अभिभावक राज्य बन्नुपर्छ र बन्नुपर्ने हो, नेपालको ऐन संविधानले पनि यही कुराको परिकल्पना गरेको छ तर एक स्थानीय तहले भने तिनै असहाय हरुलाई अनुदान दिन्छु भन्दै फर्म भर्न लगाएर अन्तिममा हात लाग्यो शन्यू जस्तै बनाइदिएको छ । हो,खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा यस्तै हर्कत भएको छ ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै सुचना विपरित काम गरेको छ । एकल महिलारविधुवा , एकल पुरुषरविदुर र महिला उद्धमी हरुलाई अनुदान दिइने भनिएको विधुतीय चुलो नगरपालिकाले पुर्व महिला जनप्रतिनिधि र शिक्षिकाहरु लाई आफैले गरेको निर्णय विपरीत वितरण गरेपछि नगरपालिका फेरि विवादमा तानिएको छ ।

नगरपालिकाले विद्युतीय चुलो अनुदानका लागि मिति २०७९ चैत्र १३ गते सुचना प्रकाशन गरेको थियो । सुचनामा उल्लेख भए अनुसार हलेसी तुवाचुङ नगरपालिका भित्र बसोबास गर्ने एकल महिलार विधुवा एकल पुरुष (विदुर) एवं महिला उद्यमीहरुलाई अनुदान स्वरुप विद्युतीय चुलो वितरण गर्ने भनि प्रत्येक वडामा रहेको एकल महिला एकल पुरुष सबैले नगरपालिकामा निवेदन दिन सुचना निकालिएको थियो ।

पालिकाले सुचना निकालेसंगै वडा कार्यलयहरुले आफनो वडामा भएका त्यसता महिला पुरुषलाई जानकारी गराई निवेदन दिन सुझाएका थिए । विद्युतीय चुलो अनुदान पाइने आशामा विधवा तथा एकल महिला र विदुर तथा एकल पुरुषले आ-आफ्नो वडा कार्यालय गएर निवेदन दिएपनि नगरपालिकाले एकल महिला तथा विधवा महिलालाई अनुदानमा चुलो दिनुको सट्टा सम्बन्धित कुनैपनि वडा कार्यालय हरुलाई जानकारी नगराई नगरपालिकाले खुसुक्क आफुखुसी पुर्व महिला जनप्रतिनिधि र शिक्षिकाहरुलाई चुलो वितरण गरेको छ । यो विषयमा नगरपालिकाको अधिकांश वडा कार्यालय सँग हलेसीपाटीले बुझ्दा ति वडा प्रमुख हरुले नगरपालिकाको सूचना बमोजिम फर्म भरेर नगरपालिकामा पठाइएको हो नगरपालिकाले किन निर्णय विपरीत बाडेको हो यस विषयमा आफुहरुलाई केही पनि थाहा जानकारी नपाएको बताउछन।

जनताले जनताको गुनासो सुन्लान भनेर जिताएर पठाएका जनप्रतिनि मेयर उपमेयरले नै जनताको मर्म विपरित काम गर्ने गरेको यो भने पहिलो होइन । चुनाव ताका जितेर जनताको मर्म र भावना अनुसार काम गर्ने भनिएको भएपनि उक्त आफ्नो बचन भुलेर मेयर विमला राइले निर्णय विपरीत अनुदानको चुलो यसरी वितरण गरेकी हुन । हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले स्थानिय महिला सँग कुराकानी गर्दा ति महिलाले समेत घण्टौ हिडाएर फर्म भर्न लगाएर चुलो नदिएको भन्दै ति महिलाले आफ्नो दुखेसो पोखेकि छन।

मेयर आफै महिला हुन , महिला भएर एकल महिलाको पीडा र भावनालाई नबुझिदिएपछि यतिबेला मेयर विमला राईले स्थानीय महिलाहरुकै विश्वास गुमाउदै गइरहेकि छिन । हुन पनि अघिल्लो पटक को चुनावमा निर्वाचित उप प्रमुख भएर पाँच वर्ष काम गरिसकेको अनुभवी जनप्रतिनिधि (मेयर) ले यो खालको गैह्र जिम्मेवार ढंगको काम गर्नु , एकल महिलारविधुवा को भावना माथि खेल्नु वा चोट पुर्याउनु सामान्य कुरा पनि होइन । आज महिलाले नै महिलाको मर्म नबुझेपछि वेसाहारा एकल महिलारविधुवा हरुले मेयर विमला राईको अपरिपक्वता र विश्वसनीयता माथी प्रश्न उठाउनु जायज नै हो ।

चुलो वितरण गर्नु पुर्व नगरपालिकाले सबै वडाहरुलाई एकल विधुवा महिला र विपन्न परिवारहरुको एकिन गरी फर्म भरेर पठाइदिने भन्यो , सबै वडाले सोही अनुसार फर्म भराएर पठाइदिए । विचरा ति गरिब अनि एकल बिधुवा महिलाहरु पनि चुलो पाइने आशामा घन्टौ हिडेर फर्म भरेर गए तर नगरपालिकाले कुनै वडाध्यक्ष हरुलाई जानकारी नगराई सूचना र निर्णय विपरीत पुर्व महिला जनप्रतिनिधि र शिक्षिकाहरु लाई बोलाएर खुसुक्क बाडिदियो । यसरी निर्णय भन्दा बाहिर गएर काम गर्न वा ति गरिब एकल बिधुवा महिला लाई आश देखाएर अन्तिममा हेरेको हेरै बनाइदिनु भनेको अरुको भावना माथि खेलबाड गरि निर्णय र सूचना विपरीत काम गर्दा जनताको विश्वास घट्छ भनेर कहिले बुझ्ने मेयर साब ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार