थोरै रकममा योजना सम्पन्न गरी ठुलो रकम कुम्ल्याउन खोज्दै आचार्य विल्डर्स प्रा लि , हलेसीको ऐतिहासिक सल्ले पोखरी बनाइ नसक्दै जीर्ण !

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ९ सल्ले स्थित ऐतिहासिक सल्ले पोखरी निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ ।
ठेकेदार कम्पनीले कमसल सामान प्रयोग गरेर पोखरीको निर्माण गरेकाले ऐतिहासिक सल्ले पोखरीको यो हविगत भएको हो । आचार्य विल्डर्स प्रा. लि. खोटाङले ठेक्का पाएको उक्त पोखरीको आयोजना निर्माण सम्पन्न भएको केही समयमै भत्किने सम्भावना देखिएको छ ।
ऐतिहासिक सल्ले पोखरी निर्माणका लागि संघीय सरकार बाट रु २० लाख , संघीय सरकार बाट रु ६० लाख र हलेसी तुवाचुङ नगरपालिकाको रु १९ लाख गरी जम्मा ९९ लाखको बजेट भएपनि टेन्डर प्रक्रियामा लैजादा आचार्य विल्डर्स प्रा लिले रु ५९ लाखमा निर्माण कार्य गर्ने जिम्मा पाएको थियो । पोखरी निर्माणका लागि ५९ लाखको बजेट भएपनि थोरै पैसामा पोखरी सम्पन्न गर्ने र ठुलो रकम कुम्ल्याउने दाउमा ठेकेदार कम्पनी रहेको देखिएको छ ।
आवश्यक अनुसार सिमेन्टको प्रयोग नगरी थोरै सिमेन्ट र बढी बालुवा प्रयोग गरेर पर्खाल लगाइएका कारण उक्त पर्खालका लागि प्रयोग भएको सिमेन्टरबालुवा अहिले हातको औंलाको एक छेउले कोट्याउदा खरानी जस्तै बुरबुर झर्ने गरेको पाइएको छ ।
पोखरी निर्माणका लागि आचार्य विल्डर्स प्रा लि नामक उक्त कम्पनीले ठेक्का लिएको भएपनि उसले कमसल सामग्रीको प्रयोग गरेर बजेट पचाउने काम गरेको ऐतिहासिक सल्ले पोखरी संरक्षण समिति र स्थानिय हरुको बुझाइ छ ।
ठेकेदार कम्पनीले कमसल सामान प्रयोग गरेर निर्माण सम्पन्न गरेको , सिमेन्टको मात्रा कम प्रयोग गरी पर्खाल लगाएकाले पर्खाल पनि हातैले भत्किन थालेको भन्दै जनगुनासो बढेपछि हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरी उक्त योजनाको निरीक्षण गर्न पुगेका थिए ।
निरीक्षणका क्रममा पोखरीको चारैतिर लगाइएको सिमेन्टेड पर्खाललाई हातको औंलाले हल्का प्रेस गरेकै भरमा पर्खालको सिमेन्टरबालुवा खरानी जस्तै गरी बुरबुर खसेको पाइएको छ । त्यसो त पोखरी निर्माण गर्ने क्रममै पर्खाल भत्किएको थियो । यसरी पर्खाल भत्किएपछि हलेसीपाटी समक्ष यो विषय आएपछि अध्यक्ष गिरीले पोखरी संरक्षण समिति मार्फत ठेकेदार कम्पनी लाई २र३ दिन काम रोक्न लगाएर स्थलगत निरीक्षण र आवस्यक छलफल पछि मात्रै निर्माणकार्य अगाडि बढाउने समझदारीपछि सोही अनुसार २ दिन काम रोकिएको थियो , पछि नगरपालिकाको टिम गएर ठेकेदार कम्पनि र सरोकारवाला बसेर छलफल पछि निर्माणकार्य सुचारु भएको थियो । काममा लापरबाही भएको विषयमा अध्यक्ष गिरीले कम्पनीका जिम्मेवार व्यक्ति सँग कुरा गर्दा आफ्नो गल्ती ढाकछोप गर्दै योजना सुरु हुँदा किन निरीक्षण नगरेको अहिले टिकाटिप्पणी गरेको भन्दै आफुलाई चोख्याउन खोजे । काम सकिसकेपछि आएर कमि कमजोरी देखाउने तर काम हुदाहुदै किन तपाइहरु रिपोर्टिङ गर्न आउनु भएन , तपाईंको कुरा ठीक लागेन सम्म पनि भन्न भ्याइहाले । ठेकेदार कम्पनीले आफ्नो कमीकमजोरी जतिसुकै ढाक्ने प्रयास गरेपनि अन्ततः त्यस्तो कमजोरी भए कम्पनीले सम्बन्धित निकायमा आवस्यक धरौटी राखेको हुन्छ यो धरौटी यही प्रयोजनको लागि राखिएको हुनाले बिग्रेको भत्केको भए कम्पनीले मर्मत गर्ने उनले कबुल गरे । यस विषयमा नगरपालिकाका उप प्रमुख एवम् नगर योजना अनुगमन समितिका संयोजक रमेश कुमार राउत सँग कुरा गर्दा उनले प्राविधिक सहित नगरपालिकाको टिम निरिक्षण गर्न जाने र कमजोरी देखिए आवस्यक कदम चालिने बताए ।नगरपालिकाको मातहत बाट चल्ने हरेक योजनाको काम कतिको पारदर्शी छ भनेर निरीक्षण तथा अनुगमन गर्ने काम अनुगमन समितिले गर्नुपर्दछ । सम्झौता र स्टिमेट अनुरुप काम भएमात्रै अन्तिम भुक्तानी को लागि सिफारिस गर्नुपर्ने हुन्छ ।
यसरी ठेकेदार कम्पनीले मापदण्ड अनुसारको काम नगरे धरौटी जफत तथा ठेक्का रद्द गर्ने जस्ता कार्य गर्ने अधिकार सम्बन्धित निकायलाई रहन्छ ।

भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार