सेवाका नाममा असुली धन्दा , निसुल्क भनेको एम्बुलेन्सको चर्को असुलिले मेयरको कर्तुत छताछुल्ल

राज्यको बजेट बाट किनिएको एम्बुलेन्स लाई बिरामी र जनताको सेवामा संचालन गर्नुपर्नेमा त्यसो नगरी एउटा निजी कम्पनी वा व्यवसायी ले भन्दा चर्को शुल्क लिएर सेवाका नाममा भोट दिएर जिताएका जनप्रतिनिधि ले तिनै भोट दिएर जिताउने जनताको ढाड सेक्नु कत्तिको जायज छ ? जनताको कर बाट किनिएको एम्बुलेन्स ले जनताको ढाड नै सेकिने गरी शुल्क लिएपछि आम नागरिकले यसलाई सेवाका नाममा लुट धन्दा हो भनेर भन्दा कसो होला ?

हो , यतिबेला यस्तै भएको छ खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा । जनतालाई सेवा सुविधा दिने बहानामा नगरपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्सले नगरका आफ्नै जनता (बिरामी ) बाट बिभिन्न शुल्क हरु जोडेर जनताको ढाड नै सेकिने गरी चर्को शुल्क असुलेपछि यतिखेर हलेसी तुवाचुङ नगरपालिका फेरि पनि आलोचित बन्न पुगेको छ । त्यसो त यस नगरपालिका ले वितरण गरेको चुल्हो , भैसी , बोका , ट्याङ्की हरु पनि समावेशी ढंगबाट वितरण नभएर आफ्नो कार्यकर्ता लाई मात्रै वितरण गरेको , वास्तविक लक्षित समुदाय लाई वितरण नगरेर आफ्नो आफन्त लाई मात्रै वितरण गर्ने काम भएको भन्दै नगरबासीले चर्को आलोचना र असन्तुष्ट पोखिरहेका छन । यस अघि पनि कलाकार लाई नगरपालिका को तर्फबाट ३० हजार दिन्छु भनेर घोषणा गरेको यस नगरपालिकाले ति कलाकार हरुलाई खाममा खुसुक्क राखेर १० हजारका दरले मात्रै दिइएकोले चर्को आलोचना र विवादमा परिसकेको छ । आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर रहेर यो नगरपालिकाले त्री-धार्मिक तपोभुमी हलेसी महादेव मन्दिर बाट सरसफाइ शुल्कको नाममा मन्दिरमा लघु , रुद्री , बिहे , बर्तमन ,लाखबत्ती , आरती लगायत बाट समेत असुली धन्दा चलाइरहेको बारे पनि चर्को बिरोध र आलोचना खेप्नुपरेको थियो यधपी नगरपालिकाले हाल सम्म पनि मन्दिरमा असुली धन्दा छोडेको छैन । स्मरण रहोस हलेसी महादेव मन्दिर गुठी संस्थानको अधीनस्थ गुठी हो यस मन्दिरमा संथानले महन्त पुजारी हरुलाई नियुक्ति दिइ पुजारीहरुले पुजाआजा गर्दै आइरहेका अवस्था थियो ।नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्समा आफ्ना जनताको सेवा सुबिधाका लागि हुनुपर्नेमा नगरपालिकाले चर्को मूल्य असुलेर जनतालाई सुविधा त परै जाओस् आर्थिक भार थपिँदै गएको स्थानीयहरूको गुनासो छ । सेवा दिन भनी सञ्चालनमा ल्याइएको एम्बुलेन्स सेवा मुखी बनाउनु पर्नेमा नगरले व्यवसायिक मुखी बनाउँदा जनतालाई सहुलियत त परै जाओस् गरिब जनताको ढाड सेक्ने काम गरिरहेको छ । नगरपालिकाको बजेट बाट सञ्चालनमा ल्याइएको एम्बुलेन्सले सुत्केरी महिलालाई निशुल्क र अन्य जनता तथा विरामीहरुलाई थप सेवा उपलब्ध गराइने प्रतिबद्धता सहितको गत मे महिनाको ३० तारिखमा नगरपालिका कि नगर प्रमुख बिमला राइले पोस्टाएपछि नगरबासीहरु सेवा पाइने कुरामा ढुक्क थिए । जनतालाई सहुलियत दिएर अस्पताल सम्म पुर्याउनु पर्नेमा चर्को शुल्क असुलेर एम्बुलेन्सको नाउमा नगरले व्यवसाय शैली अपनाएपछि काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झै भएको छ । यतिखेर नगर नेतृत्व को सर्वत्र आलोचना भ इरहेको छ ।


भनाइमा सेवा भनिएपनि गत असार महिनाको १२ गते एक बिरामीलाई नगर अस्पताल देखि बाहुनी डाडाको सिमलचौर हुदै काठमाडौं सम्म लैजाने क्रममा विभिन्न शुल्क जोडेर नगरपालिकाले ति बिरामीको आफन्त बाट एकमुष्ट रु २१,१००/ असुलेको नगरपालिकाको नगदी रसिद सामाजिक संजालमा आएपछि सेवाका नाममा नगरपालिकाको असुली धन्दा छताछुल्ल भएको हो ।
नगरपालिकाको यो हर्कत सामाजिक संजालमा आएपछि आम जनताहरुले नगरपालिका र नगर नेतृत्व को व्यापक विरोध र आलोचना गरिरहेका छन । सामाजिक संजालमा यो हल्ला बाहिर आएपछि नगरपालिकाले आफ्नो बचाउ गर्ने मनसाय बाट मिति २०८०/३/१८ मा बिज्ञप्ति जारी गरेको भएपनि त्यस बिज्ञप्तिमा समेत सामाजिक संजालमा आएको नगदी रसिद बमोजिम शुल्क लिएको स्विकार गरिसकेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रबक्ता कमल गिरी द्वारा हस्ताक्षरित बिज्ञप्तिले उक्त कुराको पुष्टि गरेको हो । नगर अस्पताल देखि काठमाडौं को जुनसुकै अस्पतालको दुरी बढिमा २५० किलोमीटर छ । नगर अस्पताल देखि च्यास्मीटार , जयरामघाट हुदै काठमाडौ पुगिन्छ । नगरपालिकाले जारी गरेको बिज्ञप्तिले नगर अस्पताल देखि बाहुनीडाडा र त्यसको भित्री भाग सम्म को शुल्क थप ६०००/ लाग्ने भएपनि एम्बुलेन्स नगर अस्पताल नफर्केर सिमलचौर बाट उतै उतै काठमाडौं गएकाले रु २५००/ घटाएर रु ३५००/ मात्रै लिइएको , एम्बुलेन्स शुल्क बापतको रु १६००० र स्वास्थ्यकर्मी सहित जिल्ला बाहिर एम्बुलेन्स लानु परेमा थप सेवा शुल्क १०% रु १६००/ जोडेर एकमुष्ट २१,१००/ लिएको स्विकारेको छ । नगरको बिज्ञप्तिलाई हेर्दा एम्बुलेन्स नगर अस्पताल नफर्केर सिमलचौर हुदै काठमाडौ गएको भनिएको छ । जबकि एम्बुलेन्स सिमलचौर बाट च्यास्मीटार नफर्की उतै उतै जाँदा जयरामघाट चाडो पुग्छ र जयरामघाट हुदै काठमाडौ जाने हो । नगरपालिकाले यसरी जनतालाई राहत दिनुको ठाउँमा शुल्क माथि शुल्क थपेर जनताको ढाड सेक्न थालेपछि स्थानीयहरुले नगरपालिकाको काम प्रति सामाजिक संजाल मार्फत चर्को विरोध गर्दै आइरहेका छन् ।


देशमा गणतन्त्र स्थापना भइसकेपछि पनि उही पुरानै पञ्चायती शैलीमा नगरपालिकाको काम गर्ने शैली देखिएका कारण नगरपालिका नेतृत्व प्रति गुनासो र अविश्वास बढ्दै गएको छ । जनतालाई राहत तथा सुविधा देलान् भनेर भोट दिएर पठाएका जनप्रतिनिधिहरुले नै जनताको मर्म र भोटको मूल्याङ्कन नगरेपछि यतिखेर नगरका जनताहरु जनप्रतिनिधि देखि आक्रोशित बनेका छन् । जनताको सेवा गर्छु भनेर भोट फकाएर होस वा आफ्नो प्रभावमा पारेर होस , निर्वाचित भएर गइसकेपछि जनताको हितमा काम गर्नुपर्छ कि पर्दैन ? जनताको करबाट किनेको एम्बुलेन्सले आफ्नो जनतालाई उसको आर्थिक अवस्था हेरेर पुर्ण रुपमा निशुल्क र अन्यको हकमा इन्धन खर्च मात्रै लिएर सेवा दिदा नगरपालिका र त्यसको नेतृत्वको के जान्थ्यो र ? कमसेकम अन्य पालिकाको काम देखेर पनि केही त सिक ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार