तीस हजार भनिएको पुरस्कार राशिको खामभित्र हेर्दा दश हजारमात्र, नगरप्रमुखको रबैया यसरी भयो छताछुल्ल

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका खोटाङले प्रायोजन गरेको खोटाङ प्रतिभा २०८० को पुरस्कार रकम विवादित बनेको छ । आफुले घोषणा गरेको पुरस्कार राशी भन्दा थोरै रकम प्रथम स्थान ओगटने प्रतियोगीहरुलाई नगरमा बोलाएर खामबन्दी गरी घोषणा गरेको पुरस्कार राशी भन्दा कम राशी खुसुक्क दिएपछि नगरपलिकाले दिएको पुरस्कार विवादित बनेको हो ।


पटकपटक विभिन्न विवादमा तानिदै आएको हलेसी तुवाचुङ नगरपालिका यसपटक भने आफुले बोलेको कुरा नै पुरा गर्न नसकेपछि विवादित बनेको हो । नगरपालिका आफूले उल्लेख गरेको पुरस्कार रकम दिन नसकेपछि प्रथम स्थान प्राप्त गरेका प्रतियोगी अस्वीन राइले पत्रकार सम्मेलन नै गरेर बोले अनुसारको रकम नपाएको भन्दै प्राप्त गरेको १० हजार पनि नगरपालिकाकै खातामा फिर्ता गरिदिने बताएका छन । पत्रकार सम्मेलन मार्फत राइले हामीलाई पुरस्कार थोर भयो भन्ने भन्दा पनि नगरपालिकाको बोली र व्यवहार मा एकरुपता नदेखिएको र कलाकारलाई सम्मान गर्नुको साटो नगरमा बोलाई बोलाई अपमान गरेको प्रति आपत्ति र आश्चर्यजनक रहेको बताए ।


राइले पूर्व घोषित पुरस्कार रकमको तीन भागको एक भागमात्र पाएपछि उक्त रकम नगरपालिकालाई नै फिर्ता गर्न नगरपालिका समक्ष बैँक खाता नम्बर मगाएका छन । अस्वीन राईले आइतबार नगरपालिकाका सूचना अधिकारी समक्ष एक पत्र लेख्दै पुरस्कारको राशी फिर्ता गर्न बैँक खाता नम्बर दिन निवेदन दिएका हुन । राइले हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको पालिका स्तरीय गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका थिए ।
खोटाङ कलाकार समाजको आयोजना र नगरपालिका को प्रायोजनमा गत वैशाख १५ र १६ गते हलेसी मन्दिरको प्राङ्गणमा भएको पालिका स्तरिय गायन र नृत्य प्रतियोगितामा प्रथम हुने नृत्य तथा गायन प्रतियोगिताका प्रतियोगी लाई कार्यक्रम संचालक मार्फत नगरपालिकाले रु ३०/३० हजारका दरले नगद पुरस्कार दिने घोषणा गर्न लगाएर नगरपालिकामा प्रतियोगीलाई खुसुक्क बोलाई ३० हजारका ठाउमा १०र१० हजार मात्र दिएको थियो । पुरस्कार वितरण सम्मानजनक नभएर अपमानजनक भएको भन्दै गायन प्रतियोगिता का प्रथम प्रतियोगी अस्विन राई र नृत्य कि प्रथम प्रतियोगि स्मृति राइले उक्त रकम फिर्ता गर्ने तयारी गरेका हुन ।


असार ३ गते नगरपालिकालाई एक पत्र लेख्दै गायन विधाका प्रथम प्रतियोगी अस्विन राईले खाता नम्बर उपलब्ध गराईदिने बारे भन्दै एउटा निवेदन दिएका छन् । पत्रमा उनले भनेका छन । म निवेदक अस्विन राईलाई यस नगरपालिकाले खोटाङ प्रतिभा २०८० ले गरेको कार्यक्रम मा गायन प्रतियोगितामा प्रथम हासिल गरेको अवसरमा नगरपालिकाले घोषणा गरेको पुरस्कार भन्दा थोरै भएकोले हामी कलाकारहरुलाई संरक्षण र प्रोत्साहन गर्नु पर्नेमा उल्टो हामीलाई अपमान हुने तरिकाले पुरस्कार प्रदान भएकोले नगरपालिकाले मलाई उपलब्ध गराएको रु १० हजार नगरपालिका मै फिर्ता गर्न इच्छुक भएको हुँदा तपाईंको कार्यालयको बैंक खाता नम्बर उपलब्ध गराइदिन हुन अनुरोध भन्ने व्यहोराको निवेदन पेश गरेका छन् ।

त्यसो त कलाकार अस्विन राइले गत जेठको २१ गते एक प्रेस बिज्ञप्ति सार्वजनिक गरेका छन । बिज्ञप्तिमा भनिएको छ :- कार्यक्रम मा उपस्थित नगर प्रमुख बिमला राई र उप प्रमुख रमेश राउतले आयोजक मार्फत घोषणा गर्न लगाइए अनुसारको पुरस्कार नदिएर कला र प्रतिभाको क्षमता माथी खेलबाड गर्नुभएको छ । सार्वजनिक रुपमा पुरस्कारको मात्रा घोषणा गर्ने तर अन्तिममा ढाट्ने छल्ने प्रतियोगिताले कलाको सम्मान नभै अपमान र दुरुत्साहित गर्ने मेरो ठहर रहेको यस पत्रकार सम्मेलन मार्फत अवगत गराउन चाहान्छु ।
त्री(धार्मिक तपो(भूमि आराध्यदेव भगवान हलेसी महादेवको प्राङ्गणमा बसेर मेयर बिमला राइले कार्यक्रम संचालक मार्फत प्रथम स्थान ओगट्ने प्रतियोगीहरुलाई रु ३०/३० हजारको दरले सम्मान गर्ने भनी घोषणा गर्न लगाएर पनि नगरमा खुसुक्क बोलाएर नगरले खाममा प्रथम स्थान ओगट्ने प्रतियोगीहरु अस्विन र स्मृति राइलाई रु १० हजार मात्रै राखेर दिएपछि  कलाकारलाई सम्मान गर्नुको साटो नगर प्रमुख जस्तो नगरको एउटा अभिभावक भएर कलाकारलाई यसरी खुलेआम झुक्काएर मन्दिरको प्राङ्गणमा बसेर आफूले बोलेको बाँचा र बच्चन नै पूरा नगर्नेले समग्र नगरको हितमा मेयरले कसरी काम गर्न सक्छन् होला भन्ने प्रश्न यतिबेला जताततै उठिरहेको छ । नगरपालिकाको यो रवैया र गैह्र जिम्मेवारी कार्य प्रति यतिखेर खोटाङमा सर्वत्र चर्चा को विषय बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार