
हलेसी तुवाचुङ नगरपालिका वडा न ७ खोटाङमा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं १ तलुवाको टिमले हात पार्न सफल भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका वडा न ७ को कार्यालय र पञ्चावती प्रगतिशिल युवा समुहको संयुक्त आयोजनामा फागुन १९ गते सुरु भएको प्रतियोगिता फागुन २१ गते सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु ४० हजार नगद सहित एक खसी तथा शिल्ड एवं प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा रावाबेशी गाउपालिका कुभिण्डे खोटाङले द्धितीय स्थान ओगटन सफल भएको छ ।
द्धितीय स्थान ओगटन सफल प्रतियोगीलाई नगद ३० हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै सेमिफाइनलिष्ट समुहमा ओखलढुंगाको चिसंखुगढी गाउपालिका वडा नं ३ दियाले र हलेसी तुवाचुङ नगरपालिका वडा नं ११ राजापानीको टिम पर्न सफल भएका छन । दुइवटै टिमले रु १०/१० हजार नगद सहित प्राप्त गर्न सफल भएका छन ।
प्रतियोगिताको फाइनल खेलमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं १ तलुवा र खोटाङको रावावेशी गाउपालिका वडा कुभिण्डे बीच प्रतिपर्धा भएको थियो । प्रतिस्पर्धामा कुभिण्डेलाई हराउदै तलुवाले प्रथम स्थान हात पारेको हो । तलुवा संग पराजित टिम कुभिण्डेले दोश्रो स्थान हात पारेको हो । त्यसैगरी ओखलढुंगाको चिसंखुगढी गाउपालिका वडा नं ३ दियाले र हलेसी तुवाचुङ नगरपालिका वडा नं ११ राजापानीको टिम सेमिफाइनलिष्ट टीम सम्म पुग्न सफल भएका थिए ।
हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राइको प्रमुख अतिथ्य मा प्रतियोगिताको भएको थियो भने प्रतियोगिताको समापन भने हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ का वडाध्यक्ष कमल गिरीको प्रमुख अतिथ्यमा भएको थियो । समापन समारोहमा बोल्दै वडाध्यक्ष गिरीले खेलकुद संस्कृतिको विकासलाई जोडनका लागि प्रत्येक बर्ष प्रतियोगिताको आयोजना गरिने बताए ।
त्यसैगरी समापन समारोहमा बोल्दै पञ्चावती प्रगतिशिल युवा समुहका अध्यक्ष तम्बर कुमार राई र खेल संयोजक यज्ञराज राइले प्रतियोगितामा खेलाडीहरुको उपस्थितीलाई हेरिसकेपछि यस प्रतियोगितालाई निरन्तर दिनु पर्छ भन्ने सोचाइमा आफुहरु पुगेको हलेसीपाटी लाई सुनाए ।
प्रतियोगितालाई विभिन्न संघसंस्था एवं खेल प्रेमीहरुले आर्थिक सहयोग उपलब्ध गराएका थिए । आर्थिक सहयोग गर्नेहरुमा यज्ञराज राई (फेन्सी हाउस) रु १५ हजार, युवराज राई (कोरिया) रु १५ हजार, चक्र राई (साउदी) रु १० हजार, खगेन्द्र नाछिरिङ राई (कोरिया) रु १५ हजार, रविन्द्र नाछिरिङ राई (भारत) रु १० हजार, पिके प्रकाश राई (अटोमोवाइ सेन्टर) रु १० हजार, नारायण बिक (न्यु हलेसी शंकर ज्वलर्स) रु ८ हजार, रविन श्रेष्ठ (एन्जिला स्टोर्स) रु ५ हजार, राकेश परियार (नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि) रु ५ हजार, टविन राई (स्टाइल अप हलेसी) रु ३ हजार, गोपाल गिरी हलेसी महादेव मन्दिरका चौकिदार रु ५ हजार, हलेसी मन्दिर समिती रु १५ हजार लगायत थुप्रैले आर्थिक सहयोग प्रदान गरेका थिए ।
समापन कार्यक्रममा प्रतियोगितामा सहभागी खेलाडी मध्येबाट उत्कृष्ट स्पाइकर, लिफटर र अल राउण्डरलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।