प्रअ तथा शिक्षकले लापरवाही गरेपछि विद्यालयमा तालाबन्दी

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ स्थित श्री ज्योती माविमा विद्यार्थीले तालाबन्दी गरेका छन । विद्यालयमा कार्यरत प्रअ तथा शिक्षकहरु विद्यालयमा उपस्थित नभएको र पठनपाठन नगराएको भन्दै विद्यार्थीले गत माघ ५ गतेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन ।


विद्यालयमा प्र अ सहित पाँच जना शिक्षक अनुपस्थित रहेका छन । प्र अ सहित ५ जना शिक्षक विद्यालयमा उपस्थित नभए पछि ५ गतेदेखि विद्यार्थीले तालाबन्दी गरेका हुन । विद्यालय मा प्र अ रामदेव यादव शिक्षकहरु अमिरीलाल ठाकुर, जीवछ प्रसाद यादव, रन्जन नेपाल र बदन हस्ता अनुपस्थित रहदै आएका छन । प्र अ सहित शिक्षकहरु माघ ३ गते देखि विना सुचना विद्यालयमा अनुपस्थित भएपछि विद्यार्थीहरुले संयुक्त रुपमा हस्ताक्षर गरी विद्यालयमा तालाबन्दी गरेका हुन । बिद्यार्थी हरुले प्र अ लगायत अन्य शिक्षक हरुले बिद्यार्थी हरुको भविष्य माथी पटक पटक खेलबाड गरेकोले विधालयको भविष्य राम्रो होस भन्ने उदेश्य ले खबरदारी का लागि तालाबन्दी गर्नुपरेको बताएका छन।

विद्यालयमा शिक्षक हरु उपस्तिथि भइहाले पनि गफ चुटेर बस्ने विद्यार्थीलाई नपढाउने गरेको एक विद्यार्थीले हलेसीपाटी लाई बताए । हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरी विद्यालयमा पुग्दा त्यहा ताला लागिसकेको थियो । अन्य शिक्षकहरु बाहिर अलपत्र परेर बसेको देखियो । प्रअ नभएको खण्डमा निमित्त प्रअ कसलाई छाडेको छ भन्ने पश्नमा सबै शिक्षक अनुत्तरित बने । प्रअ रामदेवले आफु नभएको खण्डमा अरु कसैलाई पनि निमित्त प्रअ नछाडने गरेको पाइयो ।
विद्यालयको अवस्था यस्तो हुदा सम्म विद्यालय व्यवस्थापन समिति कानमा तेल हालेर बसेको पाइयो । विद्यालयको अवस्था यस्तो हुदा पनि किन व्यवस्थापन समिति चुपचाप भन्ने प्रश्नमा व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद रेग्मीले माघ ९ गतेदेखि विद्यालयमा पढाइ नियमित हुने जवाफ दिए । तर व्यवस्थापन समिति कै लापरबाही भएको तथा काम न काजको असक्षम व्यवस्थापन समिती का कारणले पनि विधालयको यो हविगत भएको भनेर गुनासो सुनाउनेको पनि कमि छैन । शिक्षकले विद्यालयमा लापरबाही गरे व्यवस्थापन समितिले आवश्यक कदम चाल्नु पर्नेमा व्यवस्थापन समिति नै शिक्षकहरुको लहै बरीमा नाच्ने गरेको पाइएको छ । विद्यार्थीको भविष्यमाथि शिक्षकले मात्र नभइ व्यवस्थापन समितिले समेत खेलबाड गरिरहेको देखिन्छ ।

विद्यालयमा अनुपस्थित हुदा तैचुप मैचुप हुनुले यही संकेत गरिरहेको छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्ने प्र अ लगायतका शिक्षक हरुलाई सम्बन्धित निकायले आवस्यक कारबाही गर्नुपर्ने देखिन्छ । विद्यालयमा शिक्षक सहित १५ जना कर्मचारी भएपनि कार्यालय सहयोगीले समेत कक्षा लिनु पर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार