हलेसी मन्दिरमा भएको बेथिति विरुद्ध गुठी संस्थानमा पर्यो उजुरी दर्ता

संस्थानले कारबाहीको लागि मालपोतलाई गर्यो परिपत्र

  हलेसीपाटी संवाददाता ।
735 Shares

खोटाङको त्रिधाम हलेसी मन्दिरमा दर्शानार्थी तथा भक्तजनहरुले चढाएको भेटी हिनामिना हुने गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले सर्वोच्च अदालतको आदेश विपरीत हलेसी सुचना केन्द्र नामको समिति निर्माण गरिदिएको भएपनि समितिले पारदर्शी काम भन्दा पनि विभिन्न शिर्षकमा मन्दिरको भेटीमा अनावश्यक खर्च देखाइ मन्दिरको भेटी हिनामिना गरेको स्थानीय स्तरमा गुनासो बढिरहेको पाइएको छ ।


मन्दिरको भेटी संकलन गरेर समितिले आम्दानी खर्च पारदर्शी नगरेको, मुद्धामा हारेपनी मन्दिर व्यवस्थापन समिति खडा गरी मन्दिरको भेटीघाटी लगायतमा चलखेल गरेको तथा मन्दिरमा पुजारी नियुक्ति गर्ने सम्बन्धनमा अदालतले दिएको आदेश विपरित परम्पराका पुजारीहरु हुदाहुदै पुजारीहरुकै मान मर्दन हुने गरि र सम्मानित सर्वोच्च अदालतको आदेशको अवहेलना भैरहेकाले अनियमितता लाई रोक्नको लागि गुठी संस्थानमा उजुरी परेको छ ।


समितिले अदालतको आदेश विपरित नक्कली पुजारी खडा गरी मन्दिरको भेटी हिनामिना गर्ने गरेको भन्दै हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले गुठी संस्थानका प्रशासक किरण शाक्य सँग करिब आधा घण्टा छलफल गरेपछि उजुरी दर्ता गरेका छन । गिरीले समितिले नक्क्ली पुजारी नियुक्ति गरी भेटी हिनामिना गर्ने गरेको र उक्त विषयमा छानवीन गरी कारबाही तथा अदालतले गरेको निर्णय कार्यन्वयन गराउन भन्दै उजुरी दिएका हुन । जनयुद्ध ताका तत्कालीन माओवादीले २०६२ मंसिर १ गते देखि लागू हुने गरि तत्कालिन समयका गजुरमान राइलाई अवैधानिक मन्दिर व्यवस्थापन समिति को अध्यक्ष बनाइदिएको थियो । माओवादी हरु शान्ति प्रक्रियामा आइसकेपछि र अवैधानिक व्यवस्थापन समितिको काम कारबाही चुस्त दुरुस्त नभै अनियमितता र लापरबाही भएकाले हलेसी महादेव मन्दिरका पुजारी बम प्रसाद गिरी समेतले गुठी संस्थान , प्रधानमन्त्रीको कार्यालय , संस्कृति मन्त्रालय , गृह मन्त्रालय , जिल्ला मालपोत कार्यालय खोटाङ , जिल्ला प्रशासन कार्यालय खोटाङ , हलेसी महादेवस्थान विकास समिती खोटाङ , तत्कालिन महादेवस्थान गाविस र हलेसी मन्दिर व्यवस्थापन समिति लगायत लाई विपक्षी बनाई हालेको रिट निवेदन माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७२ साल फागुन २ गतेका दिन विपक्षी हरुको विरुद्ध परम्पराकै पुजारीहरुलाई कायम गर्ने गरी फैसला गरेको थियो ।

 हलेसी मन्दिरमा मनोहर गिरीका सन्तानले पुजारी बन्ने अधिकार सुरक्षित गरेको भएपनि हाल अनियमितता सँग रमाउन खोज्ने , जनभावना अनुरुप काम गर्नुको साटो बेथिति लाई प्रसय दिने काम प्रती चलखेल गर्दै मन्दिरको भेटिघाटी लाई कसले बढी भन्दा बढी हत्याउन सक्ने भने जसरी चलखेल बढिरहेका ले यसलाई रोक्न तथा समग्र हलेसी मन्दिर र नगरपालिका को विकासका लागि काम गर्ने गरि संवद्ध सरोकारवाला हरु सबै पक्षलाई समेट्ने गरि परम्पराकै पुजारीहरुले भूमिका निर्वाह गर्नुपर्ने आवस्यकता देखिएकाले त्यसका लागि आवस्यक काम कारबाही गर्नु पर्ने भएकाले आफुहरु अघि बढ्नै पर्ने बाध्यता रहेको सुनाउछन रिट निवेदक मध्यका एक पुजारी अर्जुन गिरी । हाल मन्दिरमा अदालतको फैसला विरुद्ध नक्कली पुजारी, व्यवस्थापन समिती र सूचना केन्द्र खडा गरी भेटीघाँटी लगायतका कामहरु भइरहेको छ । २०६२ साल देखि मन्दिर समितिले स्थानिय गोपाल गिरीलाई मन्दिरमा चौकिदार को रुपमा तलब दिई काममा लगाएको भएपनी उनी आफुले पाउदै नपाएको पद र अधिकार विपरीत मन्दिरमा आउने दर्शनार्थी हरुलाई गेरु वस्त्र को भेषमा आफू हलेसी मन्दिरको पुजारी हुँ भन्दै आफ्नो परिचय दिने गरेको पाइएको छ । आफुमा हुँदै नभएको अधिकार र पदलाई म यो पदको हुँ भन्दै अरुलाई भ्रम मा पार्ने काम गर्नु पनि अख्तियार को दुरुपयोग भएको ठहरिन्छ ।


२०७५ साल भदौमा गुठी संस्थानले दुई वर्षे कार्यकालको लागि स्थानिय हर्कराज राइको अध्यक्षता मा मन्दिर व्यवस्थापन समिती गठन गरिदिएको भएपनि उक्त समितिको कार्यकाल सकिएको ३ वर्ष बितिसक्दा पनि हर्कराज राइले आफुलाई मन्दिर समितिको अध्यक्ष बताउदै आइरहेका छन ।
पत्रकार गिरीले साविक महादेबस्थान गाविसको वडा नम्बर ४,७ र ८ लाई गुठी संस्थानले प्रती रोपनी रु २७ सयका दरले कुतबाली मालपोतलाई बुझाउनुपर्ने निर्णय गरिदिएका ले दैनिक ज्यालादारी गरि खाने गरिब हरुलाई तिरो तिर्न गाह्रो हुने भएकाले संस्थानलाई उक्त निर्णय सच्याउन र हलेसी महादेबको नाममा रहेको सुनसरी जिल्लाको कालाबन्जारमा रहेको करिब ५ सय बिघा जमिनको आम्दानी समेत हलेसी महादेब मन्दिरको कोषमा जम्मा हुने गरी काम कारबाही गर्न संस्थान सँग माग गरेका छन । उजुरी दिए लगत्तै गुठी संस्थानले जिल्ला प्रशासन कार्यालय खोटाङलाई बोधार्थ राखी आवस्यक कारबाहीको लागि मालपोत कार्यालय खोटाङ दिक्तेललाई कारबाही प्रक्रिया अगाडि बढाउन परिपत्र गरिसकेको छ । परम्पराका पुजारी हरुले हलेसी मन्दिर सम्हाल्दै गर्दा मन्दिरको आम्दानी खर्चलाई चुस्त दुरुस्त गर्दै मन्दिरको आम्दानीले समग्र हलेसीको विकासमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुपर्छ भन्ने स्थानिय स्तरको माग रहेको छ र त्यो माग सही पनि देखिन्छ ।

गुठी संस्थानमा उजुरी परे सँगै संस्थानले २०७९ साल पुस ११ गते सोमबारका दिन जिल्ला प्रशासन कार्यालय खोटाङलाई बोधार्थ राखी जिल्ला मालपोत कार्यालय खोटाङलाई परिपत्र गरेको हो । १८६१ सालमा तत्कालीन राजा गिर्बाणयुद्ध बिक्रम शाहले आफुहरुलाई बक्सेको ताम्रपत्र र २००७ सालमा राजा महेन्द्रले बक्सेको खड्ग निशानी र सम्मानित सर्वोच्च अदालतको आदेश विरुद्ध कोही कसै जान खोजे उनिहरुको विरुद्ध अदालतको आदेश अवहेलना मुद्धा समेत चलाइने रिट निवेदक मध्यका एक पुजारी अर्जुन गिरीले हलेसीपाटीलाई जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार