
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगर अस्पताल दुर्छिम डक्टरको लागि खरीद गरिएका दराज सोफा लगायतका सामाग्रीमा आर्थिक चलखेल गरेको पाइएको छ । नगर अस्पतालमा डक्टरको बास व्यवस्थापनका लागि भन्दै खरीद गरिएका पलङ दराज सोफामा पर्ने मूल्य भन्दा डब्बल खर्च देखाइ आर्थिक चलखेल गरेको भेटिएको छ ।
सामान्य फर्निचरको महंगो देखाइ बजेट हिनामीना गरेको आशंकामा हलेसीपाटी का अध्यक्ष तथा पत्रकार मनोज गिरीले २०७९ साल असार १२ गते सुचना माग गरेका थिए । सुचना माग गरेको महिनौ वितिसक्दा पनि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ले सुचना दिन आलटाल गर्दै आफ्ना कर्तुतहरु ढाकछोप गर्न खोजेका थिए । पटकपटक सुचना माग गरीएपनि प्रशासनले सुचना दिन विभिन्न बहानाबाजी गर्दै अल्मलाउने र सुचना नदिए पछि गिरीले मिति २०७९ भदौ २२ गते राष्ट्रिय सूचना आयोगमा नगर अस्पतालमा भएको खर्च विवरणकोको सुचना माग गर्दै मुद्दा दर्ता गराएका थिए । सुचना आयोगमा मुद्दा दर्ता र सूचना आयोगले आदेश गरे संगै नगरपालिकाले अन्तत सुचना दिएको छ ।
पटकपटक सूचना माग गर्दा समेत सूचना उपलब्ध नगराए पछि गिरीले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३२ को उप दफा १ बमोजिम कारबाहीको लागि राष्ट्रिय सूचना आयोगमा उजुरी दिनुब्परेको हो । दिएको सूचना तथा नगर अस्पतालका लागि खरीद गरिएका सामाग्री मा बजार मूल्य भन्दा दुइ गुणासम्म मूल्य हालेर खरीद गरिएको पाइएको छ । डक्टरको लागि लो बेड खरीदमा २५ हजार देखाइएको छ । सामान्य लो वेडको बजार मुल्य बढीमा १० हजार पर्दछ । त्यस्तै दराजमा २८ हजार खर्च देखाइएको छ । त्यसैगरी सोफामा ४८ हजार देखाइएको छ । यो मुल्य बजारमुल्य भन्दा बढी हो ।
सामाग्री खरीदमा आर्थिक हिनामिना गरिएको आंशकामा मागिएको सुचना नगरपलिकामा कार्यकारी अधिकृत परिवर्तन भएपछि बल्ल सूचना दिइएको हो । उक्त सामाग्री खरीद गर्दा नगरपालिकामा इवन राई मेयर थिए भने निमित्त प्रमुख प्रशासकीय अघिकृतका रुपमा रविकिरण आचार्य रहेका थिए । आचार्यले विभिन्न वहाना गर्दै तत्कालीन मेयर इवन राईको एगेन्समा सूचना लुकाउने गरेका थिए । हाल कार्यकारी नयाँ आएपछि रविकिरणलाई सूचना अधिकारी बनाइएको छ ।
नयाँ कार्यकारी प्रमुखलाई सूचना माग गरिएको र कारबाही प्रक्रियाको बारेमा जानकारी गराइएपछी नयाँ प्रशासक सन्तोष श्रेष्ठले रबिकिरणलाई आफ्नै कार्यकक्षमा बोलाएर मागिएको सबै सूचना तत्काल उपलब्ध गराउन निर्देशन दिइएको भएतापनी उनले सूचना दिन आलटाल गरेपछी हाकिमको कडा निर्देशन पछि मात्रै पुर्ण सूचना दिएका थिए । सुरुमा उनले अपुरो सूचना दिएर झारो टार्न खोजेका भएपनी पत्रकार गिरीले अपुरो सूचना लिन असहमती जनाएका थिए । रबिकिरण उनै पात्र हुन जसले सूचना माग गर्दा सूचना दिन अटेर गर्थे । कार्यालयमा सूचना अधिकारी को हुन भन्ने कुराको जानकारी आम सेवाग्राहीलाई थाहा नहुने भएकोले कार्यालयको भित्तामा सूचना अधिकारीको फोटो सहितको फ्लेक्स बोर्ड राख्न भनेपछी कार्यालय प्रमुख श्रेष्ठले तत्काल बोर्ड राख्न कर्मचारी लाई निर्देशन दिएका छन । नया प्रशासक आए संगै प्रशासकको कडा निर्देशन पश्चात् सूचना अधिकारी आचार्य सूचना दिन बाध्य भएका हुन ।