
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरापलिका वडा न ५ स्थित दुर्छिममा भएको तेस्रो महावीर फुटबल कप असोज ३१ गते समापन भएको छ । गत असोज २८ गते देखि सुरु भएको कप असोज ३१ मा सम्पन्न भएको हो । स्व. बुवा महावीर राई र आमा देशलक्ष्मी राईको सम्झनामा उनिहरुका छोराहरु दिप बहादुर राई (पुर्व शिक्षक ) , शम्भु कुमार राई ( व्यवसायी ) , लावण कुमार राई ( व्यवसायी ) , रुद्र कुमार राई (शिक्षक ) , रुपेन्द्र कुमार राई ( वडा प्रमुख -५ ) र छोरीहरु कुमारी राई र पुजन राइले उक्त कपको आयोजना गरेका हुन । २०७६ साल देखि सुरु गरिएको महावीर स्पोर्टस क्लबको आयोजनामा भएको यो आयोजना तेश्रो हो । असोज २८ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको समापन हलेसी तुवाचुङ नगरपालिका कि प्रमुख विमला राई को प्रमुख अतिथि तथा उपप्रमुख रमेश राउतको विशेष अतिथ्यतामा प्रतियोगिता समापन गरिएको हो ।
प्रतियोगितामा माथिल्लो जयराम क्लब प्रथम , दोश्रो हतुनपा ७ हलेसी ले हात पारेको थियो भने २ वटा टिम सेमिफाइनल मा पुगेको थियो । सेमिफानालिस्ट खोटाङ फूटबल एकेडेमी खोटाङ र सोल्मा युथ क्लब भएका छन । प्रथम द्धितीय र तृतीय हुने खेलाडी तथा समुहलाई लाई प्रमुख अतिथि , विशेष अतिथि लगायत ले पुरस्कार प्रदान गरेका थए ।
आज भएको फानल खेलमा बराबरी एक एक गोल भएपछी खेल ट्राइबेकरमा गएपछी जयरामले ४ गोल र हलेसीले ३ गोल गरेको थियो ।
प्रतियोगितामा २०टिमको सहभागिता रहेको थियो । प्रथम हुने समुहलाई ५० हजार नगद तथा प्रमाणपत्र , मेडल र कप , दोश्रो हुने समुहलाई नगद २५ हजार तथा प्रमाणपत्र र मेडल , तेश्रो हुने समुहलाई नगद १० हजार तथा प्रमाणपत्र र मेडल पुरस्कार राखिएको थियो भने उत्कृष्ट किपर, डिफेन्डर र प्लेयरहरु लाई ट्रफी ले पुरस्कृत गरिएको थियो । ले पुरस्कृत गरिएको थियो ।