हलेसीपाटीको पहलमा खोटाङका विद्युत ग्राहकलाई २ लाख रुपैयाँ भन्दा बढी धरौटी रकम फिर्ता

खोटाङ । खोटाङमा विद्युत जडानका लागि राखिएको धरौटी रकम करिब २ लाख ५० हजार ग्राहकलाई फिर्ता गरिएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङले विद्युत जडान बापत राख्दै आएको धरौटी फिर्ता गरेको हो ।
दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख विजयराज रेग्मी र हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीबीच भएको छलफलपछि ग्राहकबाट धरौटी बापत राख्ने गरेको प्रति ग्राहक १० हजार मध्री न्युनतम धरौटी रु एक हजार रुपैयाँ मात्रै राखेर बाकी नौ हजार ग्राहकलाई नै फिर्ता गरिएको छ ।
यस अघि ग्राहकले नयाँ मिटर जडान गर्नका लागि १० हजार धरौटी राख्नु पर्ने व्यवस्था थियो । हलेसी पाटीका अध्यक्ष गिरी र वितरण केन्द्रका प्रमुख रेग्मीबीच छलफल भएपछि हाल नयाँ मिटर जडान गर्नको लागि प्रति ग्राहक रु एक हजार मात्र धरौटी राख्ने गरिएको छ । यस अघि १० हजार धरौटी राख्ने ग्राहकलाई नौ हजार फिर्ता गराइएको दिक्तेल वितरण केन्द्र खोटाङका लेखा प्रमुख दिपक निरौलाले बताए । निरौलाका अनुसार हालसम्म करिब २ लाख ५० हजार रुपैया फिर्ता लगिसकेको बताए ।
हलेसी तुवाचुङ नगरपालिकाको साविक गाविस वडा न ४, ७ र ८ का ग्राहकले मिटर जडान वापतको १० हजार धरौटी राख्नै पर्ने वाध्यता रहेको थियो । कार्यलय प्रमुख र पत्रकार गिरीबीच समझदारी भएसंगै तीनै वडाका झण्डै ५ सय घरधुरीलाई राहत पुगेको छ भने आर्थिक अवस्थाले कमजोर घरधुरीले समेत न्युनतम धरौटी रु एक हजार धरौटी राखेर नयाँ मिटर जडान गर्न पाउन थालेका छन ।
धरौटी रकम फिर्ता गर्ने समझदारी भएसंगै हलेसी पाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले त्यस कार्यालयमा राखिएको धरौटी वापतको १० हजार मध्ये एक हजार धरौटी राखी बाँकी नौ हजारको चेक कार्यलय प्रमुखको हातबाट फिर्ता लिइ सहमति कार्यन्वयनको प्रारम्भ गरिएको थियो । साविक ३ वटा वडा गुठीको जग्गा भएकाले अघिल्लो नेतृत्वले नयाँ मिटर जडान गर्न १० हजार धरौटी राख्नु पर्ने बाध्यकारी नियम बनाएको भएपनि पत्रकार मनोज गिरीले गुठीको किसिम अवस्थाबारे प्रष्ट पारेपछि यस अघि जो जसको रकम राखिएको छ ती सबैको रकम फिर्ता गर्ने र नयाँ मिटर जडान गर्ने नयाँ ग्राहकलाई रु एक हजार मात्र धरौटी राख्ने व्यवस्था गरि दिँदा सबैले विजुली बाल्न सक्ने र ग्राहकलाई बढी आर्थिक भार समेत नपर्ने देखिएपछि यो निर्णयमा जान उचित भएको कार्यालय प्रमुख विजयराज रेग्मीले हलेसीपाटीलाई प्रतिक्रिया दिदै उनले थपे , धरौटी रकम फिर्ता लिन बाकी रहेका अन्य ग्राहक हरुलाई विधुत कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार