
खोटाङका झोले पत्रकारले हलेसीपाटीका अध्यक्षलाई ठेगान लगाउने धम्की
खोटाङ जिल्लामा गरिने पत्रकारिता राजनीतिक दलहरुको झोले पत्रकारका रुपमा मौलाउदै गएको छ । सही समाचार भन्दा पनि आफनो आस्थागत राजनीतिक दलको ब्याख्या गर्ने र आफनो पार्टीको विज्ञापन हुने खालका समाचार प्रकाशन हुने गरेका छन ।
वास्ताविक समाचारलाई मोडेर आफनो पार्टीको हितमा हुने खालका समाचार मोडिफाइ गर्ने चलनले खोटाङमा समाचारका नाममा भ्रम फैलाउने काम भइरहेका छन । केही दिन अघि मनोज गिरीले वास्तविकता सँग मेल भएको सन्देश सहित फेसबुक बालमा गरिएको कमेन्टको विषयलाई लिएर हलेसी न्युज नेटवर्कका सञ्चालक हरिबोल आचार्यले हलेसीपाटी डटकमका अध्यक्ष रपत्रकार मनोज गिरीलाई ठेगान लगाउने धम्कीको भाषा बोलेका छन ।
खोटाङमा राजनीतिक दलका झोले पत्रकार भन्ने शब्द प्रयोग गरेर गिरीले गरेको कमेन्ट अगुल्टाले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ भने झै हरिबोल आचार्यले फोन गरेर सहकार्य गर्ने सम्मका कुरा अघि सारे तर, हलेसीपाटी का अध्यक्ष तथा पत्रकार मनोज गिरीले वास्तविक पत्रकारिता नगर्ने झोले हरु संग सहकार्य गर्न जरुरत नभएको भनेपछि आचार्यले ‘कस्ता कस्ता त ठेगान लगाइयो तिमीलाई ठेगान लगाउन गाह्रो छैन ’ भन्ने खालको धम्कीको भाषा प्रयोग गरेका छन । आचार्यले सञ्चालन गरेको अनलाइन पोर्टलका समाचारहरु हेर्दा दलगत मुखपत्र भएको जस्तो देखिन्छ । उनले संचालन गर्दै आएका मिडियाले अधिकांश एउटा दलको पक्षमा मात्र समाचार प्रकाशन गर्ने गरेको देखिएको छ । पत्रकारिताको आचा्र संहितालाई अध्ययन गर्ने हो भने एउटा पत्रकारले निष्पक्ष स्वतन्त्र भएर सबै पक्षको समाचार प्रकाशन गर्नु पर्दछ । आचार्यले पत्रकारिता पढेर पनि आचार संहितालाई अध्ययन गर्न उनले जरुरत नठानेको जस्तो देखिन्छ ।
दलको नजिक भएर आर्थिक लाभ लिने, सत्ता र शक्तिको वरिपरि रमाउन चाहने उनको यो हर्कतले स्वतन्त्र इमानदार पत्रकारिता गर्ने संचारकर्मी हरुको साख गिर्दो अवस्थामा छ । नाम उल्लेख नगर्ने सर्तमा आफुलाइ अग्रज पत्रकार ठान्ने हरिबोल आचार्य प्रायःजसो खास दलको नेता कार्यकर्ता सँग उठबस गरेको कयौंपटक देखेको सुनाउछन । वास्तविक समस्याहरु को उठान नगरिदिने , पिडितहरुको समस्या नउठाएर सत्ता शक्ति र नेताहरुको गुणगान गाउने र पाठक हरुलाई दिनु पर्ने समाचार नदिने , हाकीमी पाराले कसैले यो लेखिदेउ भनेकै आधारमा बिज्ञापन गरिदिने शैलीको समाचार जस्ता कार्यले खोटाङमा निष्पक्ष पत्रकारितामा सन्तुलन नमिलेको देखिनुका साथै बेथिति हरुको उजागर हुनुको साटो बेथितिलाई थप मलजल गरेको जस्तो देखिन्छ । स्वतन्त्र पत्रकार मनोज गिरी आफ्नो काम गरिरहेको अवस्थामा एक्कासि आफुलाई अग्रज पत्रकार ठान्ने halesi news network का संचालक हरिबोल आचार्य को धम्की पुर्ण फोन कल आउनुले बेथिति भ्रष्टाचार र दलालहरु को पर्दाफास गर्दै बदमाश हरुलाई कानुनी कठघरामा उभ्याउन अख्तियार अदालत लगायत सम्बन्धित निकायमा उजुरी समेत गर्ने गरि चालिएको हलेसीपाटी अनलाइन मिडिया र त्यसको नेतृत्व मनोज गिरी को अभियान देखी भ्रष्ट नेता तथा कर्मचारी हरुको टाउको दुख्नु स्वभाविक नै जस्तो लाग्ने देखिए पनि जिल्लामा काम गर्ने केही झोले दलाल पत्रकारहरु को समेत टाउको दुखाइ भएको प्रष्ट बुझ्न सकिन्छ ।