
खोटाङ । प्रदेश १ र २ का १३ वटा जिल्ला भित्रका सबै पालिका भित्रका भूमीहिन सुकुम्बासी तथा भूमीहीन दलितलाई जग्गा उपलब्ध गराइने भएको छ । राष्ट्रिय भूमी आयोगले सुचना जारी गर्दै सबै पालिका भित्रका भूमीहिन सुकुम्बासी तथा भूमीहीन दलितलले निवेदन दिन सूचना जारी गरेको छ । आयोगले प्रदेश १ र २ का १३ वटा जिल्ला भित्रका सबै पालिकामा रहेका सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न भन्दै सबै पालिका भित्र रहेका भूमीहीनहरुले ३५ दिनभित्र निवेदन दिन सूचना जारी गरेको हो । आयोगले तोकिएको सबै पालिकामा रहेका भूमीहिनले आयोगको तोकेको मापदण्ड अनुसार प्रक्रिया पुराएर सम्बन्धित निकायमा निवेदन दिन सूचनामा उल्लेख गरेको छ ।