अन्तत: पत्रकारमाथि आक्रमण गर्ने मध्येका एक जना पक्राउ अन्यलाई प्रहरीले खोज्दै

खोटाङ । हलेसीपाटी अनलाइन मिडियाका अध्यक्ष तथा पत्रकार मनोज गिरी माथि आक्रमण गर्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गिरीलाई आक्रमण गर्ने मध्येका एक जना नेले भनिने नेल्सन राइ लाई प्रहरीले पक्राउ गरि जिल्ला चलान गरेको छ ।
पत्रकार गिरीलाई गत असार १२ गते समाचार संकलन गर्न नगरपालिकामा गएको बेला नगरपालिकाको कम्पाउण्डमै तीन जनाको समुहले आक्रमण गरि घाइते समेत पारेका थिए । गिरी नगरपालिकामा समाचार संकलन गर्न तथा नगरपालिका ले कोभिड अस्पताल दुर्छिमलाई किनिदिएको फर्निचर ,सोफा लगायतका सामानहरुको विल भर्पाइ र फरकफरक लगायतका सुचना माग गर्न र गुरुयोजनाका नाममा रोक्का रहेका जग्गा फुकुवाको सिफारिस पत्र लेख्ने बारे छलफल गर्न हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

प्रहरीले पक्राउ गरेका नेल्सन राइ (नेले)

नगरपालिकाको परिसर भित्रै पत्रकार माथि आक्रमण भइरहदा नगरपालिकाको कार्यालयमा खटिएका कर्मचारी , न्यायीक समितिका संयोजक एवम् नगर उप प्रमुख समेत मुकदर्शक भएर हेरिरहेका थिए । यश घटना प्रती अहिल सम्म नगरपालिका मौन नै छ । गिरीले लगाएको विन चिटर ज्याकेटले मुख छोपेर लगातार पिटिरहेको देखेपछि नगरपालिकामा आएका केही सेवाग्राही हरुले थप घटना हुनबाट जोगाएका थिए ।

गिरीलाई हातपात गरिसकेपछि अपराधी हरु तत्काल नगरको परिसरबाट मोटरसाइकलमा चढेर फरार भएका थिए । आफू माथी आक्रमण भएपछि गिरीले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता गराएका थिए । गिरीले दर्ता गरेको जाहेरीमा आक्रमण गर्ने हरु गोरखा घर भइ जंगे भनिने भविन्द्र घले, हलेसी तुवाचुङ नगरपालिका ५ बस्ने दुसे भनिने दुशासन राइ र सोही वडा बस्ने नेले भनिने नेल्सन राइ रहेका थिए । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको थियो । नेल्सनलाई प्रहरीले पक्राउ गरेपनि अन्य दुइ जना भविन्द्र घले र दुसे भनिने दुशासन राइ भने अझै पनि प्रहरीको फरार सूचीमा रहेका छन । प्रहरीले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार