हलेसीबासीलाई खानेपानी खुवाउने आयोजना निवर्तमान मेयरको कारण अलपत्र, अख्तियारमा उजुरी परेपछि खानेपानी विभागको चासो

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा मेयर फेरिए तर नगरपालिकाका स्थानीय जनताका लागि भनि बनाइएको खानेपानी आयोजनाको काम अझै सम्पन्न भएको छैन । स्थानीय निर्वाचन २०७४ साल अघि नै इवन राइ हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजना उपभोक्ता समितिको अध्यक्ष पदको जिम्मा लिएको भएपनि स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसको तर्फ बाट मेयर पदमा निर्वाचित पनि भए । उनले आफ्नो कार्यकालमै योजना सम्पन्न गर्छु भन्दै भाषण गर्दै हिडे तर पाँच बर्षे कार्यकाल सकियो अर्को चुनाव भयो मेयर फेरिय तर हलेसीबासीले खानेपानीको सुविधा अझै पाउन सकेका छैनन ।
झन्डै सवा अर्बको आयोजना पाँच बर्षे कार्यकालमा समेत सम्पन्न गर्न नसकेपछि आयोजनामा मेयरको चलखेल र हिनामिना भएको भन्दै हलेसी पाटी डटकमका अध्यक्ष तथा पत्रकार मनोज गिरीले अख्तियारमा उजुरी दर्ता गराएका थिए । हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजनाको विषय यतिबेला चोटिलो बन्दै गएको छ । गिरीले दर्ता गरेको उजुरी यतिबेला खानेपानी विभाग सम्म कारबाही का लागी अख्तियार बाट पत्र लेख्ने काम भएको छ ।विभागले प्रत्यक्ष निग्रानीमा राखेर उक्त योजना अगाडि बढाउने र उजुरीको कारबाही अगाडि बढाउने तयारी गरिरहेको छ । खानेपानी व्यवस्था कार्यालय काठमाडौले प्रत्यक्ष निग्रानीमा गर्ने भएको छ । उक्त कार्यालयले यही मंसिरमा कदुवाको डाडामा र फागुन चैत्रमा महादेवबेशी को पानी हलेसीमा पुर्याउने लक्ष्य सहित काम सुरु गर्ने भएको छ ।

यस अघि निवर्तमान मेयर राइले उपभोक्ता समितिको अध्यक्ष आफै र बैंकको खातामा आफ्नै हस्ताक्षर चल्ने गरी निर्णय गरेका भएपनि अख्तियार मा उजुरी परेपछि उक्त बैंकको हस्ताक्षर आफु बाहेक अरूको नाममा सार्न लागेको हलेसी पाटीलाई सूचना प्राप्त भएको छ । निजले प्रत्येक उपभोक्ता हरुबाट रु २५ सयका दरले पैसा उठाएको तर ६ वर्ष बितिसक्दा पनि उक्त योजना लथालिङ्ग पारी हलेसीवासीलाई पानी नखुवाएको स्थानीयको आरोप छ जुन सत्य पनि हो।

टोलटोलमा पिउने पानी आउला र खान पाइएला सुविधा होला भनी राहत पाउने आशामा बसेका हलेसीवासीलाई राहत होइन आहत बनेको छ । यो अवधिमा खानेपानी लिन जानका लागि मान्छे बाटोमा लडेर कति मरे तर योजना का अध्यक्ष इवन राईले यो कुरा थाहा हुदाँहुदै पनि कहिल्यै गम्भिरतापुर्वक लिन सकेनन । जनताका रक्षक नै भक्षक बनेपछि राइ प्रति खानेपानी उपभोक्ता हरु आक्रोसित बनेका छन ।

मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अति आवस्यक खानेपानीको काममा ढिलासुस्ती र लापरबाही गर्नुलाई पनि एउटा जघन्य अपराधको रुपमा लिन सकिन्छ । चाडो भन्दा चाडो योजना सम्पन्न गरी उपभोक्ता हरुलाई खानेपानी खुवाउनको लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । खानेपानीको काम चाडो सम्पन्न गराउन र आयोजनामा हिनामिना भएको विषयको कारबाहीका लागि सम्बन्धित निकाय र अख्तियार लाई हलेसीपाटीले निरन्तर खवरदारी गरिरहेको छ र गरिरहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार