‘जो चोर उसैको ठुलो स्वर’ सामाजिक सम्पत्ति हडप्न नपाएपछि टोलबासीलाई नै सुन चोरीको आरोप (भिडियो सहित)

आमा समुहको सम्पत्तिमा सचिवको हालिमुहालि

हलेसी तुवाचुङ नगरपालिका ५ को सुरक्षित मातृत्व आमा समुहकी सचिव तथा महिला स्वास्थ्य स्वयंसेविका कुमारी राईलेनगरपालिकाले आमा समूहको लागि उपलब्ध गराएको विद्युतीय कुटानी तथा पिसानी गर्ने मिल आफ्नो घरमा लगेर महिनौँ दिनसम्म राखेको पाइयो । हलेसी तुवाचुङ नगरपालिका वडा ५ की महिला स्वास्थ्री स्वयं सेविका समेत रहेकी कुमारी राइले २९ घरधुरीलाई पाएक पर्ने गरि आमा समुहको भबनमा राख्न नगरपलिकाले उपलब्ध गराएको भएपनि बिगत ४ महिना देखि आफ्नो घरमा लगेर राखेकी थिइन ।


राईले विद्युतीय कुटानी पिशानी मिल मात्र यस्तो गरिनन आ व ०७१/०७२मा तत्कालीन गाविसले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे संगै सार्वजनिक शौचालय निर्माणका लागि प्रदान गरिएको शौचालयको प्यान समेत गायब बनाइ आफनै घरमा प्रयोगमा ल्याएको पाइएको छ ।
कुमारी राईले विद्युतीय कुटानी तथा पिसानी मिल ब्यक्तिगत प्रयोजनका लागि घरमा राख्ने लगायतका हर्कत गर्ने गरेपछि स्थानीय आमा समुहले राइलाई यही असार २६ गते साधारण सभा बोलाइ समुहको सचिव पद र स्वयंसेविका बाट हटाइ त्यसको जानकारी नगरपालिका लाई दिएका छन भने उक्त लिखित जानकारी नगरपालिकाको दर्ता नम्बर २४३४ मा रहेको छ भने त्यसको वोधार्थ सम्बन्धित वडा कार्यालय र स्वास्थ्य शाखामा समेत दिएका थिए । पटक पटक कुमारी राइलाई बैठकमा बोलाउदा समेत अटेर गरेपछि मिति २०७९ श्रावण ५ गते आमा समुहले निर्णय गरि विद्युतीय कुटानी पिसानी मिल आमा समुहको भवनमा लगेर राखेका छन । तर आमा समुहले उक्त मिल लानलाई त्यति सहज भने भएन । कुमारी राइ ,उनकी श्रीमान बयानसिङ राई र उनकी छोरी उर्मिला राई समेतले बल प्रयोग गरेपछि झडपको अवस्था समेत सृजना भएको थियो । झडप बढने सम्भावना बढेपछि हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले थप झडप नहोस भनेर प्रहरी समेतलाई बोलाएका थिए । बैठकको निर्णय गरि मिल लगिएपनि हाल कुमारी राईले हुलहुज्जत प्रयोग गरी घरमा लुटपाट गरेको भन्दै सुन चोरीका आरोप लगाउदै चौकीमा निवेदन हालेकी छन ।

सामाजिक सम्पत्ति लुटन पल्केकी राइले समाजिक सम्पत्ति लुटन नपाएपछि विभिन्न आरोप लगाउन थालेकी छन । राइले छापडाडा चौकीमा निवेदन हालेपनि प्रहरीले दुवै तर्फलाई झिकाइ छलफल गराउदा कुमारी राइको घर परिवार बाहेक अधिकांश ले कुमारी राई परिवारकै गलत रहेको ठहर गरेका थिए । टोलका आमा समुहका सदस्यहरुले जुन सुकै कानुनी कारबाही गरेपनि विना प्रमाण लगाइएको मित्थ्या आरोप प्रमााणत गर्न चुनौती दिदै समाजिक सम्पत्ति कसैको निजी प्रयोजनका लागि राख्न नहुने र सामाजिकिरण गर्नु पर्छ भन्दा आरोप लाग्छ भने त्यसको प्रमाण निकाल्नु पर्ने यदी प्रमाणित हुन नसके त्यसको भागीदार कुमारी राई स्वयम हुनु पर्ने बताएका छन ।

नगरपालिकाबाट दिएको उक्त मिल लिनका लागि कुमारी राईले आफनी छोरी र ज्वाइ पठाएकी थिइन तर नगरपालिकामा छोरी ज्वाइले कुमारी राइको नाममै हस्ताक्षर गरेर मिल बुझेको वडा सदस्य गमिता राइले बताइन । यसरी सुरक्षित मातृत्व आमा समुहको नाममा आएको सामाजिक सम्पत्तिमा गिद्धेदृष्टि लगाइ आफनो निजि सम्पत्ति जस्तो घरमा लगेर राखेको तथा शौचालयको प्यान आफनै घरमा बनाएको तथा गर्भवती महिलाले पाउने सरकारी सेवा सुविधा आफनौ छोरी बुहारीलाई पारेको भन्दै असार २६ गतेको बैठकबसी निजलाई पदबाट हटाइसकेको छ । पदबाट हटाइपनि सामाजिक सम्पत्ति फिर्ता नगरेपछि आमा समुहका सदस्यहरुले कुमारी राइको घरैमा गएर मिल उठाएर ल्याएका हुन ।
सहज तरिकाबाट मिल नदिएपनि खोसाखोस गर्नुपर्ने अवस्था आएको र सिंगो समाज एकातिर कुमारी राइको परिवार एकातिर भएपछि समुहको अगाडि कुनै सिप नलागेर उल्टो सुन चोरीको आरोप लगाउदै हिडेकी छन । निज राइको छोरा विशाल राइले समेत प्रहरीले गराएको छलफलमा पत्रकारलाई समेत फोटो भिडियो खिच्न लगाइ लगाइ मिल मा हात हालेको लगायतका आरोप लगाउने प्रयास गरेपछि राइलाई प्रहरी लगायतले सम्झाइ बुझाइ गर्नु परेको थियो । जो चोर उसैको ठुलो स्वर भने झै राइले आफनो हर्कत ढाकछोप गर्नको लागि विभिन्न ब्यक्तिहरुलाइृ आरोप प्रत्यारोप लगाउदै विभिन्न निकाय र व्यक्तिहरु समक्ष धाउने गरेको श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार