हलेसीपाटीको पहलकदमीमा साउदीमा अलपत्र परेका पाँच नेपाली नेपाल फर्किए

खोटाङ । साउदी अरबमा अलपत्र परेका १४ जना नेपाली कामदार मध्ये पाँच जनाको उद्धार भएको छ । हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीको पहलमा सुरु गरेको उद्धार अभियान अन्तर्गत पाँच जना कामदार नेपाल फर्काइएको हो । विभिन्न मेनपावर कम्पनीले काममा लगाइदिने भन्दै उनीहरुलाई साउदी अरब पुराइ अलपत्र पारेको थियो । उक्त कुरा हलेसीपाटीमा यस अघि नै समाचार प्रकाशन गरिएको र उक्त समाचार संगै कामदारको उद्धारका लागि पहल गरिएको थियो ।
साउदी पुराइएका युवालाई काठमाडौंको सिनामंगलस्थित मेची इन्टरनेशनल ओभरसिज प्रालिले पठाएको थियो । साउदीमा अलपत्र परेपछि हलेसीपाटीले मेनपावरका सञ्चालकलाई दबाब दिदै कानुनी बाटो अपनाएर उद्धारका लागि प्रक्रिया अगाडि बढाएको थियो । मेनपावरले प्रताप नाछिरिङ, सन्दिप कार्की, खगेन्द्र ताजपुरिया, श्याम कुमार शाह, टेकनारायण ठाकुरलाइ साउदी अरबको बस्माह अल सुकानादा को फोर टेक्निकल सपोर्ट सर्भिसमा काम लगाउने भन्दै प्रतिव्यक्ति रु एक लाख ६० हजारका दरले पैसा उठाइ साउदी पुराइ अलपत्र पारेको थियो ।

मेनपावर कम्पनी र कामदार बिच भएको सम्झौता अनुसार कम्पनीमा काम नपाइ सडकमा सुतेर लामो समय विताएका थिए । काम गरेर पैसा कमाउने आशामा विदेशीयका युवाहरु काम पाउनुको साटो कम्पनीले कुटपिट गरेको गुनासो हलेसीपाटीसंग गरेपछि उद्धार अभियान सुरु गरिएको थियो । हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरी लगायत ३ जनाले वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए । उजुरी पश्चात् वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई सोही दिन बिभागमा झिकाइ उजुरीकर्ता र म्यानपावर कम्पनी बीच छलफल गरि १० दिन भित्र पिडितहरु लाई उद्धार गर्न आदेश दिएको थियो । पिडितहरुको फसेको सम्पुर्ण लगानी सम्बन्धित म्यानपावर बाट असुल उपर गर्न हलेसीपाटीले अग्रसरता लिने भएको छ भने म्यानपावर संचालक लाई ५ दिन भित्र पिडितहरुको पुरै रकम फिर्ता गर्न सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार