जनचेतना आविमा प्र अ को लापरबाही , बिना जानकारी अनुपस्थित शिक्षकको हाजिरि गयल (भिडियो सहित)

हलेसी तुवाचुङ नगरपालिका वडा न ८ धितुङको दियाले स्थित श्री जनचेतना आधारभूत विद्यालयको पठनपाठन र सञ्चालन लथालिङ्ग अवस्थामा रहेको छ । हाजिरी रुपमा हेर्दा विद्यालयमा ३१ जना विद्यार्थी संख्या देखाइएको भएपनि जम्मा १६ जना विधार्थीहरु देखिएका थिए । शिक्षक संख्या पाँच जनाको दरबन्दी भएपनि अनुगमनमा तीन जनामात्र भेटिए अरु दुइ जना अनुपस्थित थिए । शिक्षक खोइ भनी सोध्दा प्रधानाध्यापकको जवाफमा एक महिला शिक्षिका डेलिभरीको केसले गर्दा बिदामा बसेको जानकारी दिइन भने अर्का शिक्षक कमान राई भने बिना जानकारी विधालयमा अनुपस्थित रहेको बताइन । बिना जानकारी विधालयमा अनुपस्थित हुँदा रातो मसी लगाउनुपर्ने हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले सुझाएपछी प्र अ गितादेवी भण्डारी ले राइको हाजिरी मा अनुपस्थित भनेर हाजिरी गयल गरिदिएकी छन।


विधालयमा प्रशस्त कक्षा कोठा भएपनी शिक्षक आफुहरुको सहजको लागि बाल शिक्षा र कक्षा १ को विधार्थीलाई बाल क्लासमा राखेर एकै ठाउमा राखेर पठनपाठन गर्ने गरेको पाइएको छ । खानेपानिको अवस्था सामान्य भएपनी विद्यालयमा शौचालयको अवस्था भने निकै नाजुक छ । शौचालय गर्नका लागि विद्यार्थीलाई समस्या हुने गरेको विद्यार्थीले बताएका छन । यता विद्यालयका लागिराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट नगरले आइसिटी खरिदका लागि रु ६ लाख ५० हजार अनुदान सम्झौता गरिए पनि निद्यालयको निर्णय नगराई प्रधानाध्यापक भण्डारीले आफनै श्रीमान गणेश भण्डारीलाई सामान खरीद गर्न पठाएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिलाई बैठक त परैको कुरा सामान खरीदको विषयमा समेत कुनै जानकारी गराएकी छैनन ।
विभिन्न निकायबाट विधालय सञ्चालनको लागि सहयोग रकम आउने गरेको भएपनि विद्यालयको खातामा पैसा समेत छैन ।
विद्यालयमा समयमा पढाइ समेत हुने गरेको छैन । १०:१५ मा पहिलो घण्टी सुरु हुनुपर्नेमा भएपनि ११ बजेर ४५ मिनेट जाँदा सम्म कक्षा सुरु भएको थिएन। विद्यालय मनलाग्दी सञ्चालन गरी विद्यार्थीको पठन पाठनमा समेत असर परिरहेको छ । नक्कली विद्यार्थी संख्या देखाइ बजेट पार्ने र विद्यालयको संरचना मर्मत सम्भार गर्नु भन्दा कमाउ धन्दामा प्रधानाध्यापक लागेको देखिएको छ । शिक्षा जस्तो अति महत्त्वपूर्ण र संवेदनशील क्षेत्रमा बालबालिकाको भविष्य माथि खेलबाड गरि जागिर मात्र पचाउने काम भैरहेको छ । त्यस विधालयमा पठनपाठन राम्रो नभएको कारण विधार्थीहरु लाई नजिकको विधालय छोडेर अन्यत्र विधालय गएर पढ्नुपर्ने बाध्यता रहेको छ । जम्मा १८र२० जना विधार्थीहरुका लागी ५र५ जना जनशक्ति को व्यवस्था गरिएको भएपनि विधालयमा राम्रो र गुणस्तरीय शिक्षा नहुने भएपछि सम्बन्धित निकायले यसको विकल्प सोच्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार