हलेसीको कृषि हाटबजार निर्माण सम्पन्न भएको २० दिन नकाटदै चर्कियो ढलान, जनतालाई छारो हाल्न माटोले छोपियो (भिडियो सहित)

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको कृषि हाटबजारको भौतिक संरचना निर्माण सम्पन्न गरेको एक महिना नवित्दै चर्किएको छ । २०७८ चैत्र ३० गते सुरु गरेको कृषि हाटबजारको भौतिक संरचना असार ४ गते सम्पन्न भएको थियो । सम्पन्न गरेको २० दिन पनि नपुग्दै हाल उक्त हाटबजारमा गरिएको ढलान फुटेको छ ।


ढलान फुटेपछि जनताको आखामा छारोमात्र हालिएन फुटेको ढलानमा समेत माटोको नै छारो हालेर चिरा परेको , भास्सिएको भाग लुकाइएको छ । प्रदेश सरकारले विनियोजन गरेको १० लाख बजेटमा उक्त कृषि हाटबजार निर्माण गरिएको हो तर कमसल काम गरेको कारण उक्त हाटबजारको ढलान चकिएको हो । ढलान चर्किएपछि सिमेन्ट बालुवाले फेरी ढलान गर्नुको साटो माटो हालेर चर्केको भाग छोप्ने प्रयास भएको छ । उक्त कार्य हलेसीपाटीडटकले थाहा पाएर स्थलगत रिपोर्टमा पुग्दा ढलानमाथि माटो हालेको पाइएको छ । कृषि हाटबजार निर्माण समितिका अध्यक्ष टंक बहादुर केसीले उक्त चर्किएको भाग जनताले देख्छन भनेर हतारहतार माटोले पुरेका हुन । गरेको काम पुरा नगरी जनतालाई ढाकछोप गर्दै उपभोक्ता समितिका अध्यक्ष केसीले गैह्र जिम्मेवारी कुरा गर्दै गल्ती ढाकछोप गरिरहेका छन । उनी इस्टिमेट अनुसार नै बनाइएको दावी गरिरहेका छन । स्टीमेटमा कुनै पनि काम कच्चा गर्न भन्ने हुदैन तर उनी स्टीमेटलाई नै आधार मानेर पानीले जमिन भासिएको भन्दै पन्छिन खोजिरहेका छन ।


कुनै पनि गहिरो भागलाई उठाउनका लागि माटो र ढुंगाको प्रयोगबाट खाडल पुर्नु पर्ने भएपनि उक्त काममा ढुंगा प्रयोग नगरी माटोमात्र प्रयोग गरी पुरिएका कारण बर्षाको सुरुवात संगै माटो भासिएर ढलान चर्किएको हो ।
तर उपभोक्ता समितिका अध्यक्ष यो कमजोरी स्वीकार गर्न चाहदैनन । अझ मापदण्ड अनुसार नै निर्माण गरिएको जिकिर गरिरहेका छन । हाटबजार निर्माणको लागि प्रदेश सरकारबाट रु नौ लाख ६० हजार अनुदान र रु ४० हजार जनश्रमदान गरी १० लाख बजेटमा निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार