नगरपालिकाकै कम्पाउण्डमा पत्रकारमाथि आक्रमण, कारबाहीको माग गर्दै सात दलले निकाले संयुक्त विज्ञप्ती , आक्रमणकारी हरुलाई प्रहरीले खोज्दै

खोटाङ । हलेसीपाटी अनलाइन मिडियाका अध्यक्ष तथा पत्रकार मनोज गिरी माथि आक्रमण भएको छ । समाचार संकलन गर्न तथा नगरपालिका ले कोभिड अस्पताल दुर्छिमलाई किनिदिएको फर्निचर ,सोफा लगायतका सामानहरुको विल भर्पाइ र फरकफरक लगायतका सुचना माग गर्न र गुरुयोजनाका नाममा रोक्का रहेका जग्गा फुकुवाको सिफारिस पत्र लेख्ने बारे छलफल गर्न हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयमा पुगेका गिरीमाथि आइतबार तीन जनाको समुहले आक्रमण गरेका हुन । नगरपालिकाको परिसर भित्रै पत्रकार माथि आक्रमण भइरहदा नगरपालिकाको कार्यालयमा खटिएका कर्मचारी हरु केहीबेर मुकदर्शक बनेका थिए । गिरीले लगाएको विन चिटर ज्याकेटले मुख छोपेर लगातार पिटिरहेको देखेपछि नगरपालिका मा आएका केही सेवाग्राही र नगरका कर्मचारी हरुले थप घटना हुन बाट जोगाएका थिए ।

पत्रकार गिरीको बाहिरी चोटपटक नभएपनी शरीर पछाडिको पुरै भाग मा धेरै नै दुखिरहेकाले दुखाइ कम गर्न pain killer नामक औषधि खाइरहेका छन। गिरीलाई हातपात गरिसकेपछि हातपात गर्ने मानिसहरू तत्काल नगरको परिसर बाट मोटरसाइकल मा चढेर फरार भएका थिए । आफू माथी हातपात भएको विषयमा गिरीले प्रहरी चौकी लाई लिखेत निवेदन दिएका थिए भने इलाका प्रहरी कार्यालय हलेसिमा घाउ चेक जाँचको लागि लिखित निवेदन दिएपछि इलाका प्रहरी कार्यालयकै पत्र अनुसार स्वास्थ्य चौकी दुर्छिम मा घाउ चेक जाँच गरिएको हो । गिरीलाई हातपात गर्ने मानिस हरुलाई प्रहरीले खोजी गरिरहेको छ । गिरीमाथि आक्रमण किन भयो भन्ने कुराको खोज अनसन्धान भइरहेको छ ।
गिरीलाई आक्रमण गर्ने आक्रमणकारी लाई विभिन्न व्यक्ति हरु तथा राजनितिक दलहरुले कानुनी कारबाहीको दायरमा ल्याउनु पर्ने माग उठाएका छन। हलेसी तुवाचुङ नगरपालिकाका राजनीतिक दलहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्नु पर्ने आवाज उठाएका छन ।


दलहरुले मंगलबार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै भनेका छन ‘टोल समाजमा भएका बेतिथि भष्टचार अनियमितता जस्ता विषयमा बुलन्द आवाज उठाउदै आएका स्वतन्त्र पत्रकार मनोज गिरी कुटिनुले पालिका भित्रका सामान्य नागरिकले सुरक्षा र जीउधनको बारेमा सोच्नु पर्ने बेला आएको बताउदै नगरपालिकाको कर्मचारीको आँखा अगाडि नै नगरपालिकाको परिसर भित्र सुनियोजित रुपमा पत्रकार माथि आक्रमण हुदा नगरपालिकाको आगनमा रहेको सुरक्षाकर्मी मुखदर्शक हुनु, गुण्डागर्दीको शैलीमा पत्रकार कुटपिट गरी ज्यान मार्ने धम्की दिने घटनाप्रति गम्भीर ध्यानाकर्ष गर्दै अपराधीलाई तुरुन्त प्रहरी प्रशासन द्धारा पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ । पत्रकार गिरी माथि नगर परिसरमै कुटपिट हुँदा पनि त्यस नगरमा राखिएका security guard (पाले ) हरुले किन पत्रकार लाई बचाउन आएनन, आफ्नै नगरपालिका को आगनमै कुटपिट हुँदा समेत नगरको न्यायीक समिती वा नगर नेतृत्व किन यस घटनामा मौन छन , किन यस बारे चासो चिन्ता र घटनाको सत्यतथ्य बुझ्न चाहिरहेका छैनन जस्ता प्रश्न र जिज्ञासा रहेको आम सर्व साधारण हरु बताउछन ।
पत्रकार गिरीलाई आक्रमण गर्नेमा गोरखा घर भइ जंगे भनिने भविन्द्र घले, हलेसी तुवाचुङ नगरपालिका ५ बस्ने दुसे भनिने दशासन राइ र सोही वडा बस्ने नेले भनिने नेल्सन राइ रहेका छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार