माछापुच्छ्रे बैँकको आर्थिक सहयोगमा हलेसी मन्दिरमा पिपुल काउण्टर मेसिन जडान, नगरप्रमुखद्वारा उद्घाटन

खोटाङ । जिल्लाको प्रशिद्ध धार्मिक स्थल हलेसी महादेवको मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको गणना हुने भएको छ । दैनिक रुपमा दर्शन गर्न के कति आए भन्ने रेकर्ड राख्नको लागि माच्छापुच्छे बैँकले मन्दिरमा पिपुल काउण्टर मेसिन जडान गरिदिएको हो ।


बैँकले झण्डै १० लाखको लगानीमा people counting machine जडान गरेको हो । people counting machine जडान भएसंगै अब मन्दिरमा कति भक्तजनहरु आए भन्ने कुराको तथ्याङ संकलन गर्नेछ । शुक्रबार जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र उपप्रमुख रमेश राउतले रिबन काटेर मेसिन सञ्चालनमा ल्याएका हुन । मेसिन उद्घाटन समारोहमा हलेसी तुवाचुङ नगरपालिका वडा १ का वडाध्यक्ष रुद्र कुमार राई, वडा न ६ का अध्यक्ष गणबहादुर राई र वडा न ७ का वडाध्यक्ष कमल गिरीको सहभागिता रहेको थियो । त्यसैगरी बैँकका कार्यकारी निर्देशक सन्तोष कोइराला, इलाका प्रहरी कायालय हलेसीका इन्चार्ज इनिस्पेक्टर सुनिल ध्वाजु मारतीका गुम्बा हलेसीको तर्फबाट डोमा शेर्पा लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै नगरपालिकाकी मेयर विमला राइले बैँकले मन्दिर परिसरमा विभिन्न साथ सहयोग गरेकोमा बैँकलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको रहने विश्वास रहेको बताइन । मेयर राइले बैकका तर्फबाट नगरले उपलब्ध गराउने सामासजक सुरक्षा भत्ता तथा कर्मचारीको तलब छिटो छरितो बनाउनु पर्ने कुरामा जोड दिनुभयो । मेयर राइले महादेव मन्दिरमा सिसि क्यामेरा जडान गरिएको भएपनि सो क्यामेराले प्रभावकारी रुपमा काम नगरेको कमसल प्रविधिको जडान गरिएकोमा चिन्ता ब्यक्त गरिन ।


सम्बोधनका क्रममा बैँकका तर्फबाट बैँकका सेवाग्राहीहरुलाई सकेसम्म छिटो छरितो र सरल रुपमा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनायो । कार्यक्रममा बैँकलाई नगरपालिकाको तर्फबाट मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो । माछापुच्छ्रे बैंक हलेसी शाखाले हलेसी मन्दिरमा लाग्ने पर्व,मेलाहरुमा मन्दिरमा आउने भक्तजनहरु लाई निशुल्क खानेपानी ( mineral water ) वितरण गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार