नगरपालिकाको ११औ नगरसभा तथा बजेट कार्यक्रम सम्पन्न , नीति कार्यक्रम र बजेटले संमृद्ध नगर निर्माणको अभियानलाई सघाउने

हलेसीपाटीले उठाउदै आएका अधिकांश मुद्दाहरुलाई नगर सभाले समेट्यो

खोटाङ, । हलेसी तुवाचुङ नगरपालिकाको ११ औँ नगरसभा सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको नगरसभाले आगामि आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको छ । नगर सभामा उप–प्रमुख रमेश कुमार राउतले आगामी आर्थिक बर्ष ०७९/०८० को लागि रु ६४ करोड ५८ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन प्रस्ताव प्रस्तुत गरेका थिए । राउतले प्रस्ताव गरेको नीति कार्यक्रम र बजेटलाई नगरसभाको सर्वसम्मतिले पारित भएको छ ।
नगरले प्रस्तुत गरेको नयाँ बजेटमा पुराना अधुरा कार्यक्रमहरुलाई निरन्तरता दिदै केही नयाँ कार्यक्रमहरु ल्याइएको छ ।


प्रधानमन्त्री रोजगार अन्तर्गत ५०० जना लाई रोजगारी को लागि सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । नगर भित्रका जेहन्दार तथा विपन्न परिवारका विधार्थीहरुका लागि विशेष छात्रवृत्ति को व्यवस्था गर्ने नीति अघि सारिएको छ ।
अगार्निक व्यावसायिक कृषि प्रणालीमा जोड दिदै जैविक कृषि उत्पादन र पशुपन्छी जन्य उत्पादन बढाइ व्यावसायिक र औद्योकिकरण गर्न टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने निती तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने, बाली तथा पशु बीमा कार्यक्रमलाई कार्यन्वयन गर्ने, एक वडा एक कृषि÷पशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने, बाझो रहेका जमिनमा विभिन्न फलफुल खेती गर्नेलाई नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने, रिचार्ज पोखरी निर्माण गर्ने लगायतका कार्यक्रम समावेश भएका छन् ।


नगरपालिका भित्रका पर्यटकीय हिसाबले महत्वपुर्ण रहेका ठाउँको संरक्षण र व्यवस्थापनमा बिशेष ध्यान दिने, अन्य धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान गरी संरक्षण गर्ने निती तथा कार्यक्रममा उल्लेख छ । हाल निर्माण भइरहेका रक गार्डेन, होलेसुङ पार्क लगायतका अधुरा काम हरु काम पुरा गर्ने, कुलपुजा देवाली थानहरुको निर्माण र व्यवस्थापन गर्दै लोपोन्मुख अवस्थामा रहेका बालन, संगिनी र मारुनी नाँचलाई संरक्षण गर्दै सांस्कृतिक संग्राहलय स्थापना गर्ने, पर्यटन प्रर्वद्धनलाई ध्यानमा राखी युवाहरुलाई दोभासे र पर्यटन सम्बन्धि तालिम दिने लगायतका कार्यक्रम नगरपालिकाले ल्याएको छ ।
मापदण्ड अनुसार साना तथा मझौला उद्योग सञ्चालन गर्न चाहाने युवालाई विशेष अनुदान दिने, स्थानीय उत्पादनलाई संकलन गरी बजारिकरण गर्न चाहाने हरुका लागि ५० प्रतिशत अनुदानको व्यावस्था गरिने अगायतका नितिहरु उल्लेख गरिएका छन।
प्रत्येक विद्यालयमा निशुल्क इन्टरनेट जडान, ICT को व्यवस्था मिलाउने जसले गर्दा विधालयका शिक्षक सरहरुले अब उप्रान्त एउटा फोटोकपी गर्नका लागि घण्टौ पैदल हिडेर अन्यत्र ठाउँमा जानुपर्ने वाध्य्ता हटेर जाने भएको छ । जिर्ण भएका विधालयहरुको मर्मत सम्भार तथा आवस्यकता हेरी थप भवन हरुको निर्माण कार्य गर्ने नीति अगाडी सारेको छ । बालबिकास शिक्षाका लागि थप दरबन्दी खोलिने नीति अगाडी सारेको छ ।
दुधकोशी, सुनकोशी करिडोर, नगर रिङ रोड निर्माण कार्य अघि बढाइने, हलेसी–धितुङ–हात्तिआहाल–भाडबेसी–रेग्मीटार सडक स्तरोन्नती गर्दै कालोपत्रे गर्ने लगायतका कार्यक्रम सडक क्षेत्रमा छन् ।


राजापानीको भाडबेसीमा बनेको स्वास्थ्य खोप केन्द्रबाट त्यस ठाउको नागरिक हरुले यसै वर्षको श्रावण महिना बाट नियमित स्वास्थ्य सेवा संचालन गर्ने नगर प्रमुख बिमला राइले घोषणा गरेकी छन । गत वर्षको चैतमा त्यस ठाउका जनताहरुले स्वास्थ्य सेवा सुचारु गर्न गरिएको निवेदनलाई अघिल्लो नेतृत्व ले कुनै सुनुवाइ नै गरेन । उक्त निवेदन हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले तत्कालीन नगर नेतृत्व इबन राई र स्वास्थ्य शाखा प्रमुख खेम आचार्यकै हातमा खामबन्दी गरि बुझाइदिएका थिए ।
विद्युतिकरण हुन बाँकी प्रत्येक घरधुरीमा विधुत विस्तार गरिने भएको छ । समग्रमा नीति,कार्यक्रम र बजेटलाई इमान्दारी पुर्वक व्यवहारमा कार्यान्वयन गर्न सके संमृद्ध नगर निर्माणको लागि एउटा नयाँ अध्यायको सुरुवात भएको मानिने छ । हलेसीपाटीले उठाउदै आएका समग्र मुद्धा हरुलाई हिजोको नगर सभाले सम्बोधन गरेको छ जुन, एउट इमान्दार,स्वच्छ छवि र गतिशील ( dynamic ) नेतृत्वहरुले गर्नै पर्छ । हामी नगरमा भएका हरेक समस्या हरु नगर नेतृत्व र सम्बन्धित जन प्रतिनिधि वा निकाय हरुमा पुर्याइदिनेछौ । भ्रष्टाचार मुक्त समाजको निर्माण सँगै संमृद्ध नगरपालिका निर्माण अभियान हामी सबैको साझा मुद्धा हो र हुनैपर्छ । विरोधका लागि मात्रै विरोध नगरेर विकल्प सहितको विरोध र वास्तविक समस्याहरुको समाधान खोज्न सबै पक्ष लाग्नुपर्ने देखिन्छ । हिजै नगरसभा बस्नु भन्दा अगाडि बसेको नगर कार्यपालिका को बैठकले गुरुयोजनाको नाममा हलेसीको २०० मिटर वरिपरि रोक्का राखेको जग्गालाई फुकुवा गर्न सिफारिस गर्ने न्यायमुखी निर्णय गरेको छ । अघिल्लो नगर नेतृत्व लाई पटक पटक रोक्का जग्गा फुकुवा गर्न माग राख्दा समेत हामीले रोक्का राखेकै छैन भन्दै जनतालाई दुख दिने र झुक्याउने काम गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार