
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्रोदय माविले ६८ औ बार्षिक उत्सव भव्यताका साथ मनाएको छ । बुधबार एक विशेष समारोहको आयोजना गरी विद्यालयले ६८ औ बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सव समारोहको समुदघाटन हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई र उप मेयर रमेश राउतले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तथा विधालयको लागि प्रमुख अतिथिको रुपमा सहभागी भएकी मेयर राइले आफुलाई सबै राजनीतिक दलहरुले मत दिएर जिताएको हुनाले आफ्नो कार्यकालमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाएकी थिइन । नगर प्रमुख राईले अघिल्लो नगर नेतृत्वले विभेद गरेको उल्लेख गर्दै आफ्नो नेतृत्वले विभेद गर्नेमा कुनै संका नगर्न समेत आग्रह गरिन । ६८औ वार्षिकोत्सब लाई सम्बोधन गर्दै मेयर राइले कसैलाई विभेद गर्ने छुट अहिलेको नगर नेतृत्व लाई नभएको जिकिर गरिन । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनकुमार राईले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेर सुनाएका थिए ।
विद्यालय स्थापनाकालदेखि हालसम्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुको विवरण पेश गरिएको थियो भने विद्यालयका स्थायी ,अस्थायी, लेखा र का .स . गरी २५ जना शिक्षक तथा कर्मचारीहरु रहेको जानकारी गराइएको थियो । विधालयको स्थापना वि . स . २०१२ मा भएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रअ मनकुमार राईले आर्थिक अभाव भएको र आर्थिक संकटका कारण विद्यालय सञ्चालनमा समस्या आएको र विभिन्न संघसंस्था तथा ब्यक्तिहरुले आर्थिक सहयोग जुटाइदिएका कारण केही सहज भएको प्रअ राइले बताए ।
विद्यालयमा हाल सात लाख ४१ हजार ८ सय ४६ रुपैया रकम मौज्दात रहेको भएता पनि उक्त रकमले विद्यालयको कार्यालय व्यवस्थापन लगायतका कामहरु भइरहेको प्रअ राइले बताए ।
कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीको G. P. A. ( grade point average ) अर्थात औषत सिकाइ उपलब्धीको आधारमा कक्षागत विद्यार्थीहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कारको लागि तिल बहादुर फाउन्डेसन ले रु ६० हजार प्रायोजन गरेको थियो । जस अनुसार प्रथम हुनेलाई १५ सय ,द्धितियलाई १ हजार र तृतीय हुनेलाई पाँच सय नगद सहित पुरस्कार प्रदान गरिएको थियो । प्र . अ . राइले सार्वजनिक गरेको प्रतिवेदनमा अल्पकालीन र दीर्घकालीन योजनाहरु समेत प्रस्तुत गरेका थिए । प्र . अ . राइले अगाडि सारेको योजनाहरु लाई कार्यान्वयन गर्नका लागि विधालयका सबै सरोकारवालाले साथ दिए महेन्द्रो दय मावी नगरकै उत्कृष्ट र नमुना बन्ने निश्चित छ ।
विधालयका विधार्थीहरुको अतिरिक्त कृयाकलापम उतिकै संतोषजनक प्रस्तुति र सहभागिताले झनै विधालयको गरिमा बढाएको छ । कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले उत्कृष्ट विधालय बनाउन अभिभावक , शिक्षक ,विधार्थी र सरोकार वाला सबै निकायहरु को उतिकै भुमिका रहने भएकोले त्यस विषयमा सम्बन्धित सबै पक्ष गम्भीरतापुर्वक लाग्नु पर्ने र निर्वाचित जन प्रतिनिधि र सरोकारवाला जो कसैले पनि विबेध नगरी सबैलाई समान आखाले हेर्दै समान व्यवहार गर्नुपर्ने र विधार्थी हरुलाई आत्मरक्षाको विकास र स्वास्थ्यको लागि कराते अभ्यासमा पनि सहभागी गराउन विधालयले प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिएका थिए । सम्बोधनका क्रममा गिरीले सबै सबै जनता शिक्षक , विधालय ,कर्मचारीहरु समान भएकाले अघिल्लो नगर नेतृत्व ले झै पक्षपाती नीति अवलम्बन नगर्न र सबैलाई समान व्यवहार गर्न नगर नेतृत्व लाई सुझाएका थिए । यसैगरी वडा नं ७ का वडा प्रमुख कमल गिरीले कार्यक्रम लाई सम्बोधन गर्दै मेरो आफ्नै वडा अनि म आफू स्वयं ले पढेको विधालय र विधालयको वडा शिक्षा समितिको संयोजक समेत भएको नाताले पनि वडाले सक्ने सम्म साथ सहयोग गरेर मावि लाई उत्कृष्ट बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विधालयले वार्षिकोत्सब कार्यक्रम भव्य,सभ्य र सफलतापुर्बक सम्पन्न गरेको थियो ।