प्राधिकरणका कर्मचारीको हर्कत, सेवाग्राहीसंग लाखौ पैसा असुल्दै, होटेललाई समेत ठग्न छोडेनन (भिडियो सहित)

खोटाङ । नेपाल विद्युत प्राधिकरण खोटाङ दिक्तेल वितरण केन्द्रका कर्मचारी गोविन्द घिमिरे द्रव्य मोहमा लागेका छन । घिमिरेले प्राधिकरणको जागिर खाएर पनि सेवाग्राहीहरुबाट रकम असुल्ने गरेको सुचना प्राप्त भएको छ । सेवाग्राहीले पैसा दिए समयमा काम गर्दिने नत्र आनाकानी गर्ने जस्ता काम गरेको सुचना प्राप्त भएको हो ।
ग्राहकले विद्युत जडान गर्न आवश्यक पर्ने मिटरमा घिमिरेले आर्थिक लेनदेन गर्ने गरेको पाइएको छ । प्राधिकरणको शुल्क भन्दा बढी रकम माग्ने र जसले बढी रकम दियो उसैको काम छिटो गर्दिने जस्ता हर्कतहरु गर्ने गरेको सेवाग्राहीको गुनासो आएको छ । घिमिरेले एउटा मिटरको ८ हजारसम्म लिने गरेका छन भने मिटर जडान गर्दा नियम विपरीत रकम असुल्ने गरेका छन । उनले विधुतको फलामे पोल सार्दा समेत विधुत उपभोक्ताहरुसँग अनाधिकृत रुपले रकम असुल्दै आएका छन । उपभोक्ता हरुले पोल सारी माग्दा घिमिरेले दुई लाख देखि आर्थिक बार्गेनिङ गर्ने गरेका गुनासो उपभोक्ता हरुले गरेका छन।
घिमिरेले विधुत उपभोक्ता हरुलाई त ठगेठगे विभिन्न होटलहरुमा खाएको विल समेत तिरेका छैनन । हलेसीको एक सागर होटलमा २ लाख १७ हजार विल गोन्दिका नाममा देखिन्छन । उनीसँग पटक पटक होटल संचालक हरुले पैसा माग्दा समेत उनी हुन्छ हुन्छ दिहाल्छु नि भन्दै टार्ने गरेका छन । गोबिन्द घिमिरेले हलेसी बसोबास गर्दै आएका फुच्चे सार्कीबाट बिधुतमा धरौटी बापत राख्न दिएको रकम धरौटी नराखी घिमिरेले पचाइदिएको र सो को सुचना हलेसीपाटीमा आएपछि हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले घिमिरेले पचाइदिएको रकम सार्कीलाई फिर्ता गराएका छन। त्यसो त प्राधिकरणले बिधुत महशुल बढी उठाइदिएको देखि अन्य समस्या हरुको बारेमा सेवाग्राही हरुको गुनासो हलेसीपाटी लाई आएपछि हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले नेपाल विद्युत प्राधिकरण खोटाङ दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीसँग छलफल गरेका छन । बिधुतका ठग कर्मचारी गोबिन्द घिमिरेलाई कारबाही गर्नु पर्ने माग समेत राखिएको छ ।

https://www.youtube.com/shorts/O7tud1627co

https://www.youtube.com/shorts/stBu_dUaoGc

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार