
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाकाको कार्यालय घुसको अखडा बनेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य विना घुस सेवाग्राहीको काम नै गर्दैनन । सेवाग्राहीले घुस नदिए काममा ढिलाइ गर्ने तथा सबै डकुमेन्ट हुदा पनि नपुगेको भनेर दुख दिने जस्ता काम गर्दै सेवाग्राहीलाई दुःख दिने काम गरेको जानकारीमा आएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले खुलेआम रुपमै सेवाग्राहीबाट घुस लिने गरेको सुचना र घुस लिएको अडियो सामाग्री हलेपाटीलाई प्राप्त भएको छ ।
प्राप्त अडियोमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले सेवाग्रहीसंग काम गरिदिनका लागि रु पाँच हजार लिएको भनिएको छ । स्थानीय एक ब्यक्तिको पसलमा बोलाई आचार्यले पैसा लिएको सेवाग्रहीको भनाइ छ । आचार्यले मंगलटारको एक निर्माण उपभोक्ता समितिका अध्यक्षबाट पाँच हजार रुपैयाँ घुस लिएका हुन । भदौरे–मूलघाट सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार बस्नेतबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले पाँच हजार रुपैयाँ घुस लिएको अडियोमा बताइएको छ ।
‘मैले पाँच हजार रुपैयाँ नगरका एक कर्मचारीमार्फत रवि सरलाई उपलब्ध गराएको हुँ,’ भदौरे–मूलघाट सडक निर्माण उपभोक्ता समिति अध्यक्ष बस्नेतले वडावासीसँग गरेको अडियोमा सुन्न सकिन्छ, ‘सर, अस्ति बोलेको कुरा कता दिनू भन्दा फलानालाई दिइराख्नु न भन्ने सुनिन्छ ।घुस दिने व्यक्तिले भने मैले रुद्रेको पसलमा लगेर दिएको हुँ । उनलाई चिया पसलमा हिँड्नु न भनेर दिएको थिएँ ।’
रविकिरण आचार्यलाई हात लगाइदिन तपाईंले कृष्णकुमार बस्नेतबाट पाँच हजार रुपैयाँ लिएको हो भन्ने प्रश्न सोध्दा नगरका ती कर्मचारीले अस्वीकार गरे । हलेसी तुवाचुङ नगरपालिकाका कर्मचारीले पाँच हजार रुपैयाँ नलिएको जिकिर गरे तर घुस दिएको भन्ने प्रश्नमा कृष्णकुमार बस्नेत र स्थानीय नगरवासी बीच भएको संवादको अडियो क्लिप्समा प्रस्टै सुनिन्छ, ‘कस्तो मुला रहेछ ।’ अडियोमा आचार्य अझै आफुलाई चोख्याउन पत्रकारलाई नै गालि गरिरहेको सुनिन्छ । आचार्यले राजनीतिक कारण हावादारी कुरा प्रकाशन गरेको त्यसले केही हुदैन समेत भनेका छन ।
यस विषयमा जानकारी लिन खोज्दा आचार्य सम्पर्कमा आउन चाहदैनन । उनी टेलिफोन समेत उठाउदैनन । उनको मोबाइल नम्बर ९८५२८४९०५६ मा हलेसीपाटीका अध्यक्ष रपत्रकार मनोज गिरीले के कसो भएको भनी बुझ्न टेलिफोन सम्पर्क गर्न खोज्दा आचार्यले फोन उठाएनन। उनी यति सम्म झेली मानिस हुन कि नगरको सुचना माग्दा उनी भन्छन ‘हुन्छ दिइहाल्छु’ भनेर टार्छन तर सुचना भने दिदैनन। काममा उनी पारदर्शी पनि छैनन एकदम ढिलासुस्ती छन । एउटा गरिमामय संस्था नगरपालिका उनी जस्ता घुस्याहा र उनी जस्तै हर्कत गर्ने सबै कर्मचारीलाई त्यस नगरबाट बिदाइ नगरे नगरपालिका माथि प्रश्न उठाउन सक्ने देखिन्छ ।