खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा विमला राइ विजयी, झण्डै ८० प्रतिशत वडामा काग्रेस विजयी

खोटाङ । २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दिनुभएका विमला राइले विजयी हासिल गर्नुभएको छ । राइले ६३१७ मत प्राप्त गरी नगरापलिकाको मेयरमा निर्वाचित हुनुभएको हो। उहाँको प्रतिद्धन्दी नेकपा एमालेका खडेन्द्र राइले ५९६६ मत प्राप्त गर्नुभएको थियो । निकटतम प्रतिद्वन्दी खडेन्द्र राई को भन्दा विमला राइले ३५१ मत बढी ल्याएर विजय प्राप्त गर्नुभएको हो ।


त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका रमेत राउतले ५९३४ मत ल्याइ विजयी हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अमेम्बर राइले ५६६१ मत पाउनुभएको थियो । काग्रेसका रमेश राउतले अमेम्बर राइको भन्दा २७३ मत बढी प्राप्त गरि विजय हासिल गर्नुभएको हो ।
नगरपालिकाका ११ वटा वडामध्ये ८ वटा वडा नेपाली कांग्रेसले विजय हात पारेको छ । दुइवटा वडा एमाले र एउटा वडा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ । वडा न १ मा नेपाली काग्रेसका रुद्र राई वडा न २ मा नेपाली कांग्रेसका देवेन्द्र राई, वडा न ३ मा नेपाली काग्रेसका भुपाल राई, वडा न ४ मा नेपाली काग्रेसकै किशोर बस्तेत, वडा ५ मा नेपाली कांग्रेसका रुपेन्द्र राई विजयी भएका छन ।


त्यसैगरी वडा न ६ मा माओवादी केन्द्रका गण राइ, वडा न ७ मा नेपाली काग्रेसका कमल गिरी, वडा न ८ मा नेपाली काग्रेसका टेकराज राई, वडा नं ९ मा नेपाली काग्रेसका काशी राई विजयी भएका छन । साथै वडा न १० मा नेकपा एमालेका अर्जुन पुरी, वडा न ११ मा नेकपा एमालेकै अनिस कार्की विजयी भएका छन् । निर्वाचित उमेदवार हरुलाई हतुनपा निर्वाचन अधिकृत संगिता ढुंगेल ले प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमाणपत्र वितरण को कार्यक्रम सकिएपछि नेपाली कांग्रेस का सबै विजेता उमेदवार र समर्थकहरु ले विजय जूलूस निकालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार