हलेसी तुवाचुङमा दलाल र तस्करहरुको निद हराम , हलेसीपाटीको अभियान थप सशक्त बन्दै

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरापलिका वडा न ४ स्थित लक्ष्मी मा वि खोक्सेलीका निमावि तृतीय राहत कोटाका अवकाश प्राप्त लोमस निरौला , १३ बर्ष सम्म हलेसी मन्दिरको नेतृत्व गरि मन्दिरको भेटीघाटी हिनामिना गर्ने गजुरमान राई , दुर्छिम उच्छ माविमा सरस्वतीको मन्दिर बनाउने सर्तमा तत्कालीन जिल्ला विकास समिती खोटाङ बाट रु ५० हजार लिएपनी कागजमा मात्रै मन्दिर बनाएर बजेट हिनामिना गर्ने हरु खम्बराज राई ,तत्कालीन समयका विव्यसका अध्यक्ष तथा नेपाली काङ्ग्रेस नगर सभापति चक्र कुमार राई , फरफराक गर्न सिफारिस गर्ने तत्कालीन गाविस सचिब केसिराज राई , मेयर इबन राई विरुद्ध अख्तियारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
उनिहरु विरुद्ध भष्टचार गरेको आरोप सहित अख्तियारमा उजुरी परेपछि अख्तियारले कारबाही अघि बढाउन सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ ।
उनिहरुको अनियमितता बारे हलेसीपाटीले पटकपटक समाचार प्रकाशन गरिसकेको छ । हलेसीपाटीका अध्यक्ष मनोज गिरीले २०७८ माघ १७ गते अख्तियारमा उजुरी दर्ता गराएका थिए । लोमस निरौला लगायत नगरपालिकाका मेयर इबन राइ विरुद्ध समेत अख्तियारमा उजुरी दर्ता गराएका हुन । गिरीले मेयर राइले राजनीतिक र पदको आडमा हलेसी महादेवस्थानको सरकारी जग्गा स्थानीयको राय सल्लाह बिना नेपाल वौद महासंघ र नेपाल आयल निगमलाई दिएपछि मेयर राइ विरुद्ध उच्च अदालतमा मुद्दा हालेका थिए । गिरीले एकपछि अर्को गर्दै उजुरी दर्ता गराउने लगायत पर्दाफास गर्न थालेपछि दलाल तस्कर हरुको निद हराम हुन थालेको छ ।
नगरपालिका भित्र हुने गरेका भष्टचार तथा अनियममिततालाई गिरीले खबरदारी गर्दै आइरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार