पत्रकार महासंघका अध्यक्ष नै राजनीतिक दलका एजेन्ट भएपछि , खोटाङमा स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्नेहरुको शिर झुक्यो

खोटाङ । जिल्लामा व्यापक भ्रष्टाचार हुने गरेको छ तर भ्रष्टाचार भएको समाचारहरु कमै मात्रामा बाहिर आउने गर्दछन् । भ्रष्टाचार अन्याय अत्याचार जस्ता विषयलाई जिल्लाका मिडियाहरुले खासै उठान गर्न सकिरहेका छैनन।
जिल्लामा करोडौको भष्टाचार भइरहदा पनि जिल्लाका सञ्चार माध्यममा त्यति आएको पाइदैन । जनताका आँखाले भष्टचार भएको देख्छ तर पत्रकारको आखाले देख्दैन । जनतालाई भष्टचार भएको जानकारी गराउने नै सञ्चार माध्यम हो । सञ्चार माध्यममा आएपछि बल्ल जनताले थाहा पाउथे तर जिल्लाका मिडियाले जनताले सुचना दिएपछि पनि भष्टचारका समाचारहरु बाहिर ल्याउन चाहदैनन । त्यसको कारण जिल्लामा मिडिया चलाउने ब्यक्ति नै राजनीतिक दलका कार्यकर्ता भएका कारण चाकडी र चाप्लुसीका कारण भष्टचारका समाचारहरु लुक्ने गरेका छन ।
पत्रकारिताको आचार संहिता हेर्ने हो भने पत्रकारिता मर्यादित पेशा हो । यो स्वतन्त्र हुनुपर्छ कुनै दल विशेष बन्नु हुन्न । सञ्चारकर्मीले स्वतन्त्ररुपमा समाचार लेख्नुपर्छ कुनै दल विशेष र व्यक्तिगत रिसिइबीका कारण समाचार बनाइनु हुन्न । समाजमा भएका अन्याय अत्याचार अनि भष्टचारलाई बाहिर ल्याउनु पत्रकारको दायित्व हो । तर जिल्लामा पत्रकारिता गर्ने पत्रकारका जिम्मेवार व्यक्ति नै राजनीति दलका नेता भएपछि आफनो दलले गरेका भष्टचार कसरी बाहिर आओस् ?
पत्रकारले राजनीतिक आस्था र तिनका जनमुखी सिद्धान्त र विचारलाई स्वतन्त्र निष्पक्ष रुपमा समर्थन राख्न पाउला तर राजनितिक दलको नेता नै भएर पत्रकारीता गर्दाको परिणाम अहिले खोटाङका जनताले भोगिरहेका छन । पत्रकार महासंघ खोटाङ अध्यक्ष दिलिप खत्री काग्रेसका नेता रहेछन भन्ने कुराको पुष्टि हुँदै गएको छ । उनी काग्रेसको राजनीतिमा सक्रिय ब्यक्ति हुन । खोटाङ पत्रकार महासंघ को अध्यक्ष जस्तो जिम्मेवार ब्यक्ति नै राजनीतिक दलको नेता भएपछि जिल्लामा भएका भष्टचार र बेथिति हरुको समाचार निष्पक्ष रुपमा कसरी बाहिर आउलान ? बुझनु पर्ने कुरा यहाँ हो ।

पत्रकार महासंघको कुनै पदमा बस्ने ब्यक्ति राजनीतिकमा आस्था राखेपनि राजनीतिक दलको कुनैपनि पदमा बस्न हुदैन । राजनीतिक दलको कुनै पदमा बस्ने र उम्मेदवार बन्ने सोच भए आफनो पदबाट राजिनामा दिनु पर्ने प्रावधान छ । तर दिलिप खत्रीले खोटाङ पत्रकार महासंघको अध्यक्ष पद बाट राजिनामा दिएका छैनन ।
महासंघको अध्यक्षमा रहदै कांग्रेसको राजनीतिमा सक्रिय लागेका छन । जसका कारण खोटाङमा स्वतन्त्र रुपमा लागेका मिडिया तथा सञ्चारकर्मी हरुलाई समेत लाजमर्दो अवस्था भएको स्थिति छ । नेपाली कांग्रेसको १४औ महाधिवेशनमा खत्रीले खुल्ला केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा आफ्नो उमेदवारी दिन तयार भएर पर्चा पम्प्लेटहरु तयार गरेको भएपनी अन्ततः त्यो उमेदवारी विविध कारणले खारेज भएको बताउछन नेपाली कांग्रेस हलेसी तुवाचुङ नगर कर्य समितिका सचिब कमल गिरी ।

यस विषयमा के कसो भएको हो भनेर बुझ्न दिलिप खत्री लाई हलेसीपाटीका अध्यक्ष मनोज गिरीले टेलिफोन सम्पर्क गरेर बुझ्न खोज्दा खत्रीले गैह्र जिम्मेवार ढंगले तिमी कुन अवतारको पत्रकार हौ भन्दै जो चोर उसैको ठूलो स्वर भनेझै उल्टै बढी मुख चलाइरहेका थिए । यसरी पत्रकारको मुकुन्डो भिरेर राजनीतिक दलको भजन गाउदै हिड्नेहरुको पर्दाफास र बहिष्कार को अभियान हलेसीपाटीले गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार