बजेट अभावका कारण विद्यालय भवन सम्पन्न गर्न कठिन

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका २ को डिकुवा आवि डिकुवा को चारबोटे स्थित नव निर्मित भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ७० लाख ४० हजार बजेटमा बन्न लागेको भवन सम्पन्न गर्नलाई बजेट अभाव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर मगर बताउछन । पुन निर्माण प्राधिकरणबाट ७० लाख ४० हजार बजेट आएको र उक्त बजेटले भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ तर फिनसिङ गर्नको लागि बजेट अभाव भइरहेको वि व्य स अध्यक्ष मगर बताउछन ।

मगरका अनुसार भवन सम्पन्न गर्दा एक करोड क्रस हुने भनाइ रहेको छ । विद्यालय भवन निर्माण भएपनि सम्पन्न गर्नलाई निकै चुनौती देखिएको छ । हलेसीपाटी रिपोर्टीङको समयमा त्यस विधालय प्लास्टर मात्रै गरिसकेको भएता पनि काम चलिरहेको थिएन । त्यस विधालयका प्र अ प्रमेश राइसँग को छलफल पछि प्र अ ले भवन चाडै सम्पन्न गन गराउन लागिपर्ने प्रतिवद्धता स्वरुप अहिले भवनले अन्तिम रुप लिएको हो । विद्यालयमा खानेपानीको समस्या पनि उस्तै छ ।

विद्यालयमा पर्याप्त खानेपानी नहुदा समस्या हुने गरेको छ । हाल विद्यालयमा शिक्षक दरबन्दी ३ जनामात्र रहेको छ । प्रदेश १ नगर १ बालविकास १ र विद्यालय कर्मचारी १ र नीजि २ जना शिक्षक कर्मचारी रहेका छन । उक्त दरबन्दीमा मध्ये नीजि कोटाका २ जनालाई चन्दा उठाएर तलब खुवाउदै आएको विद्यालयका प्रधानाध्यापक प्रमेश कुमार राई बताउछन् ।

प्रविधिको विकाससंगै विद्यालयमा कम्प्युटर लगायतका उपकरणहरु पनि रहेका छन । जस्तै ६ वटा कम्प्युटर, २ वटा ल्यापटप, १ प्रोजेक्टर २ वटा प्रिन्टर रहेका छन । जसका कारण कम्प्युटर कक्षा नियमित हुनेगरेको पाइएको छ । यसले विद्यार्थीलाई थप उर्जा मिलेको छ । विद्यार्थीलाई प्रधानाध्यापक प्रमेश कुमार राई आफैले र कल्याण खत्रीले पढाउने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार