पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्धारा हलेशी महादेवको दर्शन, हलेसी गुरुयोजना तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड

विद्यार्थीको पठनपाठनका लागि ओलीले गरे दुइ लाख सहयोग

खोटाङ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खोटाङ आएका छन् । खोटाङको एक कार्यक्रमलाई सम्बोधन गर्नु अघि पूर्वप्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य तथा पार्टी उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री रामबहादुर थापा (बादल ), पार्टीका प्रमुख सचेतक तथा खोटाङका सांसद विशाल भट्टराई लगायत खोटाङको हलेसी महादेवको दर्शन गरेका हुन ।
शनिबार करिब १२ बजेतिर हलेसी महादेवको दर्शनका लागि हलेसी आएका ओलीको स्वागतका लागि खोटाङका प्रमुख जिल्ला अधिकारी फडिन्द्र प्रसाद दाहाल लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । हलेसी आइपुगेका ओलीले केही समय पत्रकारसँग भेटघाट समेत गरेका छन् । पत्रकारहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले हलेसी महादेवको महिमा र उत्पत्तिका चर्चा गरे । ओलीले हलेसी एक प्रख्यात महत्वको हिन्दू, बौद्ध र किराँत धर्मको समेत साझा आस्था भएको हुनाले यसको समुचित विकासका लागि हलेसी गुरुयोजनाको काम चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

आयोजनाको नाममा व्यक्तिको निजी व्यक्तिहरूको निजी सम्पत्ति ४-५ वर्षदेखि रोक्का छ जसले गर्दा जग्गाधनीहरु पीडित भइरहेकाले गुरुयोजना तत्काल कार्यान्वयन गरिनुपर्ने पत्रकार लगायत स्थानीयहरुले अध्यक्ष ओलीसमक्ष माग राखेका थिए । अध्यक्ष ओलीले मन्दिरको विकास र विद्यालयका विद्यार्थीहरुलाई समेत चच्च स्तरको पठनपाठन होस् भन्ने हेतुले व्यक्तिगत तर्फबाट रु दुई लाख प्रदान गरेका थिए । अध्यक्ष ओली लगायतका नेताहरु हलसीको दर्शन गरी खोटाङको सदरमुकाम दिक्तेलमा एक कार्यक्रमलाई सम्बोधन गर्ने तालिका अनुसार त्यहाबाट दिक्तेल तर्पm प्रस्थान गरेका थिए ।

मन्दिर दर्शन गर्न आएका ओलीले मन्दिरभित्र गएर दर्शन नगरी माथिबाटै दर्शन गरेको भएतापनि उनकी धर्मपत्नी राधिका शाक्य उपाध्यक्ष रामबहादुर थापा बादल लगायतले भने मन्दिरभित्रै गएर दर्शन गरेका थिए । उनीहरुलाई स्थानीय पण्डित विदुर दाहालले दर्शन तथा पूजा गराएका थिए ।  मारतिका छिमेद ताक्देन छोलिङ गुम्बा हलेसी समेतले स्वागत गरेको थियो । अध्यक्ष ओली लगायतले हलेसी महादेव तथा गुम्बाको दर्शन तथा अवलोकन पछि हलेसीको जम्बाला रिसोर्टमा खाना खाएर दिक्तेल प्रस्थान गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार