दिक्तेल मेयरकप फुटवल प्रतियोगिताको उपाधि योङ ब्वाइज युनाइटेडलाई

खोटाङ । खोटाङ फुटवल एकेडेमीको आयोजनामा सम्पन्न भएको दिक्तेल मेयरकप फुटवल प्रतियोगितामा योङ ब्वाइज युनाइटेड दिक्तेल प्रथम भएको छ । दिक्तलको माटीकोरे खेल मैदानमा गत चैत्र ११ गतेदेखि १८ गतेसम्म फुटबल खेल सञ्चालन भएक थियो । फाइनल खेलको पहिलो हाफमा हलेसी तुवाचुङ नगरपालिका को वाहुनीडाँडा ले १ गोलको अग्रता लिएको भएता पनि दोश्रो हाफको अन्तिम समयमा योङ व्याइज युनाइटेड क्लब दिक्तेलले १ गोल गरे सँगै खेल टाइवेकरमा पुगेको थियो । टाइबेकरमा पाँच गोलगर्दै योङ व्याइजले प्रथम स्थान हात पर्न सफल भएको हो भने बाहुनीडाँडा फुटबल क्लबले ४ गोल गर्दै दोश्रो उप विजेता बन्न सफल भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य प्रायोजनामा आयोजित फुटवल प्रतियोगीतामा १६ वटा टिम सहभागी थिए । अन्तिम फाइनलमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा न १ बाहुनीडाडा फुटवल क्लब र योङ ब्वाइज युनाइटेड दिक्तेलबीच १ -१ गोलको बराबरीमा खेलको समय सकिएपछि टाइवेकरमा पेनाल्टी सुट गर्दा योङ ब्वाइज युनाइटेड दिक्तेलले बाहुनीडाडा फुटवल क्लबलाई ४ का विरुद्ध ५ गोल गर्दै विजयी हात पारेको हो ।

प्रतियोगितामा प्रथम स्थान लाई १ लाख २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र दोश्रो हुनेलाई ६५ हजार, ट्रफी मेडल र प्रमाणपत्र र फाइनलिष्ट दुइवटा टिमलाई नगद २० हजार प्रदान गरिएको आयोजक खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी शैजुले बताए । विजेता उपविजेता तथा खेलाडीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका का नगरप्रमुख दिपनारायण रिजाल र उप प्रमुख बिणादेवी राइले पुरस्कार हरु वितरण गरेका थिए ।


दिक्तेल रुपाकोट मझुवागढी फुटवल खेल मैदान निर्मार्णका लागि योगदान दिएको भन्दै नेपाल तरुण दल खोटाङका अध्यक्ष भिषण राई र खोटाङ बाम्राङ्का भिम राइलाई आयोजकले दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरिएको थियो । योङ ब्वाइज युनाइटेड दिक्तेलका जर्सी न १४ का खेलाडी युसन राइ म्यान अफ दि म्याच घोषित भएका थिए । मुख्य प्रायोजन गरेको नगरपालिका ले नगद रु ५ लाख आयोजक लाई प्रदान गरेको थियो । ।फुटबल खेलको विभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडी हरुलाइ नगद सहित ले पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार