करातेमय नगरपालिका बन्दै हलेसी तुवाचुङ नगरपालिका , हलेसीपाटी द्धारा शाखा डोजोको अवलोकन र प्रशिक्षण

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा नेपाल शितारियो कराँते संघ शाखा डोजो हलेसी स्थापना गरी नगरपालिकाको वडा नम्बर ७ मा खेलाडी हरुलाई निशुल्क प्रशिक्षण दिने व्यवस्था गरेको छ । २०७६ माघ १९ गतेबाट प्रशिक्षण सञ्चालन गरिएको हो । प्रशिक्षणमा जम्मा ८० जना खेलाडी हरु सहभागी छन ।
हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त प्रशिक्षण का लागि नगरले प्रशिक्षक मिलन कसजुलाई नियुक्ति गरी प्रशिक्षण गराउने कार्य भैरहेको छ । मिलन कसजु ब्लाक बेल्ट थर्ड डान हुन । हाल दिनको दुइ टाइम प्रशिक्षण भइरहेको र खेलाडीको उल्लेखनीय सहभागीता रहेको प्रशिक्षक बताउछन ।
प्रशिक्षणलाई आवश्यक पर्ने खेलकुद सामाग्री नगरपालिकाले व्यवस्था मिलाउदै आइरहेको छ । हलेसीपाटीका अध्यक्ष  मनोज गिरीले नगर प्रमुखलाई यस नगरलाई करातेमय बनाउन र सो का लागि आवस्यक प्रबन्ध मिलाउन प्रस्ताव गरेपछि नगरले खेलाडिहरुलाई निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको हो । अध्यक्ष गिरी त्यस डोजोमा अवलोकन गर्न जाँदा खेलाडी हरुको उत्साह जनक सहभागिता रहेको पाइएको थियो भने त्यस डोजो बाट भविष्यमा राम्रा राम्रा खेलाडी हरुको उत्पादन गर्ने सम्भावना देखिएको छ ।

गिरी ले प्रशिक्षक कसजु सँग समन्वय गरी खेलाडी हरुलाई झन्डै ४५ मिनेट प्रशिक्षण दिएका थिए । गिरी नेपाल शितारियो कराँते शाखा डोजो हलेसीका प्रशिक्षक हुन भने उनी करातेका ब्लाक बेल्ट टु डान हुन ।२०६८ को छैटौँ राष्ट्रिय प्रतियोगितामा प्रशिक्षक गिरी र उनले प्रशिक्षण दिएका केही खेलाडी हरु समेतले काता र कुमुते विधामा खोटाङ बाट छनौट भइ धरान सम्म प्रतिस्पर्धा गर्न सफल भएका थिए । अध्यक्ष गिरीले ललितपुरको लगनखेल र सुनसरीको इटहरी मा समेत प्रशिक्षण दिने कार्यक्रम मा सहभागिता जनाइ प्रशिक्षण दिएका थिए । नगरपालिका ले अन्य वडामा समेत कराते प्रशिक्षण को व्यवस्था मिलाउन योजना बनाइरहेको त्यस डोजोका प्रशिक्षक मिलन कसजुले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार