२४ घण्टा भित्रै उपलब्धी, हलेसीपाटीको समन्वयमा भाडबेशीका ४० जना भन्दा माथिले पाए स्वास्थ्य सुविधा

खोटाङ । जिल्लाको हलेसी चुवाचुङ नगरपालिका को वडा नम्बर ११ भाडबेसी मा बनेको स्वास्थ्य खोप केन्द्र बाट स्वास्थ्य उपचार सुरुवात गरिएको छ । स्वास्थ्य खोप केन्द्र निर्माण भएको ३ बर्ष वितिसक्दा पनि त्याँहाका स्वास्थ्य सेवाग्राही हरुले स्वास्थ्य सेवा लिन पाएका थिएनन्।

भवन निर्माण सम्पन्न भएपनि भाडबेशीका ६० घरधुरी तथा करिब ३५० जना नागरीक हरु स्वास्थ्य सेवा लिनबाट बन्चित हुदै आएका थिए । बिरामी पर्दा एक गोली सिटामोल लिन परे ३ घण्टाको बाटो हिड्नुपर्ने बाध्यता रहेको थियो । हलेसीपाटी रिपोर्टिङ्को क्रममा त्यस ठाँउमा पुग्दा त्याँहाका स्थानिय वासिन्दा हरु देखि लिएर ८३ वर्ष उमेरकी वृद्ध आमा इन्द्र कुमारी सुवेदी समेत ले स्वास्थ्य सेवा नपाइएको , विरामी पर्दा थल्लिएर घरमै बस्नुपर्ने बाध्यता रहेको गुनासो सुनाएपछी हलेसीपाटीको अथक प्रयास र सम्बन्धित वडा कार्यालय ,स्वास्थ्य चौकी सँगको छलफल र समन्वय पछि स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो ।

हलेसीपाटीका अध्यक्षरप्रकाशक मनोज गिरी , वडाअध्यक्ष सन्तोष खत्री र स्वास्थ्य चौकी राजापानीका प्रमुख अनिल कुमार राउत सँगको छलफल र समन्वयमा २४ घण्टाभित्र स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य सेवा सञ्चालनमा ल्याएसंगै पहिलो दिन फागुन २३ गते भाडबेशीका ४१ जनाले निशुल्क स्वास्थ्य सेवा पाएका छन भने उनिहरुले स्वास्थ्य सेवा सुचारु भएको खुसियालिमा एक आपसमा अबिर जात्रा समेत गरि एक आपसमा खुसियाली मनाएका छन्। स्वास्थ्य सेवाको सुविधा स्थानिय जग्गा दाता वुद्धी बहादुर बुढाथोकी बाट सुरु गरिएको थियो ।

स्वास्थ्य सेवा लिन ८३ बर्षिय आमाको पनि सहभागिता , सेवा संचालन सँगै सेवाग्राही हरुले एक आपसमा अबिरजात्रा गरि मनाए खुसियाली

स्वास्थ्य सेवा लिनका लागि स्थानिय वृद्धा ८३ वर्षीय इन्द्र कुमारी सुवेदी समेतको सहभागिता रहेको थियो ।स्थानीयहरुमा स्वास्थ्य सेवा पुगोस भन्ने हेतुले स्वास्थ्य खोप केन्द्रको भवन निर्माणका लागि स्थानीय समाजसेवी बुद्धि बहादुर बुढाथोकीले जग्गा दान गरेका हुन । स्वास्थ्य सेवा सञ्चालनमा आएसंगै पञ्च कौशिका आधारभूत विद्यालयका प्रधानाध्याक पोषराज कार्कीले अनेकतामा एकता हुनुपर्ने जोड दिदै स्वास्थ्य चौकीलाई आवस्यकता र माग गरे १० लिटरको फिल्टर उपलब्ध गराउने उदघोष गरेका छन । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एकराज विष्टले स्वास्थ्य सेवा सञ्चालनमा आपसी मतभेद नराखी एक ढिक्का भएर अघि बढनु पर्ने बताए ।

पूर्व अध्यक्ष विष्टले हलेसीपाटीको समन्वयमा स्वास्थ्य सेवा सञ्चालनमा आएको उल्लेख गर्दै हलेसीपाटीलाई विशेष धन्यवाद सहित हलेसी महादेव नै प्रकट भएको अनुभूति भएको बताउदै उनले थपे देउताले पनि गर्न नसक्ने काम हलेसीपाटी ले गर्यो किनकि हामीले गुनासो सुनाएको २४ घण्टा नबित्त्दै सेवा सुचारु गर्नु सानोतिनो कुरा होइन । विष्टले फरक प्रसंग उल्लेख गर्दै भाडबेशीको आफनै पहिचान भएको तर भाडबेशीको नाम विगारेर भाँडबेशी नबनाउन समेत सुझाए ।

स्वास्थ्य सेवाबाट पछाडि परेका स्थानिय हरुलाई सम्बोधन गर्दै स्वास्थ्य चौकी प्रमुखले प्रत्येक महिनाको एक पटक याँहा बाट स्वास्थ्य सेवा दिने र शनिवार को दिन पारेर म आफै आएर सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन्। त्यस ठाँउका पिछडिएका स्थानिय हरु ले सम्बन्धित निकायलाई चाडो भन्दा चाडो नियमित सँचालन गर्न सामुहिक निवेदन लेखेका छन ।

उक्त निवेदन सम्बन्धित निकायलाई बुझाउन स्थानिय हरुले हलेसीपाटीका अध्यक्षरप्रकाशक मनोज गिरीलाई आग्रह गरे पश्चात अध्यक्ष गिरीले हिजै मिति २०७८ साल फाल्गुन २५ गते नै सम्बन्धित निकायलाई निवेदन बुझाइदिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार