बोजे ओडार बोजे आधारभूत विद्यालयमा कोठा अभावका कारण एउटै कोठामा विद्यार्थी अध्ययन गर्न बाध्य

विद्यालय भवन निर्माणका लागि कार्यलय सहयोगीले गरे विद्यालयलाई जग्गा दान

खोटाङ । जिल्लाको हलेसी चुवाचुङ नगरपालिका ४ स्थित बोजे ओडार बोजे आधारभूत विद्यालय सञ्चालनमा समस्या देखिएको छ ।

विद्यालयको भौतिक संरचना अभावका कारण स्थानीय समाजसेवीको आर्थिक साहायतामा विद्यालय सञ्चालन गरिदै आएको छ । विद्यालयमा हाल ५२ जना विद्यार्थीहरु अध्ययरत छन । जसमा दुइ शिक्षक स्थायी दरबन्दी रहेको छ । राहत शिक्षक एक जना रहेका छन । निजी कोटाबाट दुइ जना रहेका छन भने कार्यालय सहयोगी एक जना रहेका छन।

आवस्यक शिक्षक तथा जनशक्ति को व्यवस्था गरिएको भएपनि विद्यालयको भौतिक संरचना र कक्षा कोठाको अभावका कारण एउटै कोठामा विद्यार्थी राखेर अध्यापन गराउन वाध्य हुनु परेको प्रधानाध्यापक केदार प्रसाद पौडेल बताउछन । विद्यायको कक्षा कोठा तथा भौतिक संरचना अभाव भएको देखेर केही समाजसेवीहरुले विद्यालयलाई स्तर उन्नती गरी विद्यार्थीहरुलाई उच्च स्तरीय शिक्षा प्रदान गर्नको लागि चासो देखाएका छन ।

विद्यालयमा कार्यरत कार्यालय सहयोगी होम बहादुर अधिकारीले विद्यालय भवन निर्माणको लागि एक रोपनी जग्गा उपलब्ध (दान) गराएका छन । अधिकारीले गाउको विद्यालयको विकास गर्न सके विद्यार्थीको भविष्य उज्वल बन्ने आशा सहित जग्गा उपलब्ध गराएका हुन । विद्यालयको भवन निर्माणको लागि कहि कतैबाट योजना तर्जुमा भएको छैन । यदी कहि कतै र कसैले भवन निर्माणको योजना ल्याएमा अझै आधा रोपनी जग्गा उपलब्ध गराउने बताएका छन ।

विद्यालयमा शौचालयको अभाव भएका कारण विद्यार्थीहरुलाई निकै समस्या भएको बताउदै विधालयका प्र . अ . ले शौचालय निर्माणका लागि प्रस्ताव पेश गर्ने तयारी गरी रहेको बताएका छन । विद्यालयमा शैक्षिक सामाग्रीको समेत अभाव रहेको छ । विद्यार्थीको भविष्य उज्वल बनाउने विद्यालयको हविगत नाजुक हुदै गएपछि यसलाई जोगाइ राख्न हर प्रयास भइरहेको प्रधानाध्याप केदारप्रसाद पौडेल बताउछन्।

पौडेलका अनुसार यस विद्यालयमा २०५८ सालदेखि आफु कार्यरत रहेको र सुरुवातीमा मासिक रु ५ सय तलबमा काम गदै संघर्ष गर्दै अहिलेसम्म विद्यालय टिकाइरहेको बताउछन । यसरी संघर्ष गर्दै आएका पौडेल भन्छ ‘विद्यालयमा शौचालयको सुविधा छैन । कक्षा कोठा नहुदा भिन्न कक्षाका विद्यार्थीहरुलाई एकै कक्षामा राखेर अध्यापन गराउन बाध्य भएको बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार