फरक फरक कक्षाका विद्यार्थीलाई एउटै कोठामा अध्यापन गराउदै खोक्सेली प्रावि

खोटाङ । हलेसी चुवाचुङ नगरपालिका वडा नं। ४ स्थित श्री खोक्सेली प्राविले विद्यार्थीलाई एउटै कोठामा कोचेर अध्यापन गराउने गरेको पाइएको छ । कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउने गरिएको हो । पर्याप्त कक्षा कोठा भएपनि विद्यालयका प्रधानाध्यापक छविलाल दाहालले शिक्षक अभावको कारण देखाउदै फरक फरक कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउने गरेका हुन ।
बालबिकास कक्षा र एक कक्षालाई एउटै कक्षामा, दुइ र तीनलाई एउटै कक्षामा र चार र पाँचलाई एउटै कक्षामा राखेर अध्यापन गराउने गरेको सुचना पाएपछि हलेसीपाटीका प्रकाशक सम्पादक मनोज गिरीे विद्यालयमा गइ प्रधानाध्यापकसंग छलफल गरी विद्यार्थीको शैक्षिक विकास र सिकाइको नियम मापदण्ड अनुसार गर्नु पर्ने विषयमा छलफल गरी हाल सबै विद्यार्थीले कक्षवाइज छुट्टाछुट्टै कोठामा राखेर अध्यापन गराउने कार्य सुरु गरिएको छ । उक्त विद्यालयमा २५ जना विद्यार्थी संख्या रहेको छ भने विद्यालयमा ३ जना शिक्षक रहेको छन । एक जना कार्यालय सहयोगी गरी ४ जना कर्मचारी रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार