एउटै कोठामा राखेर विधार्थी हरुको पढाइ, पढाएको बुझलान त विद्यार्थीले ?

हलेसीपाटीको अनुमगनपछि विद्यालयमा सुधार !

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा न ४ स्थित बुङदेल प्रा वि बुङदेलले विद्यार्थीको बौद्धिक विकास भन्दा पनि शिक्षकहरुको सहजतामा कक्षा सञ्चालन गर्ने गरेको पाइएको छ ।

कक्षा पाँचसम्म अध्यापन गराउदै आएको उक्त प्राविले एउटै कोठामा कक्षा ३,४ र ५ का विद्यार्थी हरुलाई एउटै कोठामा राखेर अध्यापन गराउने गरेको पाइएको छ । एउटै कोठामा विद्यार्थीलाई कोचेर एकैसाथ अध्यापन गराउने गरेको सूचना हलेसीपाटीले थाहा पाएपछि अनुगमनका लागि हलेसीपाटीका अध्यक्ष तथा प्रकाशक मनोज गिरी विद्यालयमा पुग्दा वास्तविक सावित भएको छ ।

विद्यालयमा कक्षा कोठा फर्निचरको अभाव पनि होइन । पाँच कक्षा सम्म को लागि आवश्यक कक्षा कोठा भएपनि शिक्षकहरुको सहजका लागि भन्दै एकै ठाउमा विद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढाउने गरेको विद्यालयका प्रधानाध्यापक गन्जबहादुर मगर स्वीकार्छन ।

शैक्षिक मापदण्ड अनुसार भिन्न कक्षाका विद्यार्थीलाई एउटै कोठामा राख्न पाइदैन । प्रत्येक कक्षाको छुट्टै कक्षा कोठाको व्यवस्था हुनुपर्ने मापदन्ड भएतापनि उक्त विद्यालयमा आफु खुसी विद्यार्थीलाई एउटै कक्षामा कोचेर एकै ठाउमा अध्यापन गराउने गरेको हो । प्रर्याप्त शैक्षिक कक्षा कोठा भएपनि यसरी विद्यार्थीको भविष्य नै धरापमा राखेर अध्यापन गराइरहदा पनि अभिभावक तथा सम्बन्धित निकाय मौन देखियो । अन्तत हलेसीपाटीले खबरदारी गरेपछि प्रधानाध्यापक गन्जबहादुर मगरले छुट्टाछुट्टै कोठामा राखेर कक्षा सञ्चालन सुरु गरेका छन ।

विद्यालयमा ४१ जना विद्यार्थी रहेका छन । ४ जना शिक्षक तथा एक जना कार्यालय सहयोगी रहेका छन । तर शिक्षक अभाव भएको भन्दै प्रधानाध्यापक मगरले सबै विद्यार्थीलाई एकै ठाउमा राखेर अध्यापन गराएको बताए । मगरका अनुसार पाँच जनाको दरबन्दी हुनु पर्नेमा चार जनामात्र भएकाले छुट्टै कोठामा राखेर अध्यापन गराउन गाह्रो भएको बताए ।

हाल खबरदारीपछि कक्षावाइज रुपमाअध्यापन गराउने गरिएको छ । विधालयमा आवस्यक प्रविधि हरु छैन । फोटोकपी गर्न पर्यो भने अन्यत्र जानुपर्ने त्यस विधालयको वाध्यता छ । विधालयमा स्थायी दरबन्दी छैन । सम्बन्धित निकायमा पटक पटक यस बारे कुरा राख्दा कुनै सुनुवाइ नभएको गुनासो सुनाउछन त्यस विधालयका प्र। अ। ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार