विद्युत प्राधिकरणले ग्राहकको धरौटी रकम धमाधम फिर्ता गर्दै

विद्युत प्राधिकरणले ग्राहकको धरौटी रकम धमाधम फिर्ता गर्दै खोटाङ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र ले ग्राहकको धरौटी वापतको रकम धमाधम फिर्ता गरिरहेको छ । विद्युत जडानका लागि मिटर दस्तुर वापत बैंक डिपोजिट गरिएको धरौटी रकम फिर्ता गरेको हो ।

प्राधिकरणले विद्युत जडानका लागि प्रति मिटर १० हजार धरौटी मागेको उक्त रकम ग्राहककालागि महगो भएको गुनासो बढेपछि हलेसीपाटी का अध्यक्ष / प्रकाशक मनोज गिरीले सम्बन्धित कार्यालयमा जानकारी गराइ उचित शुल्क लिन समन्वय गरेका थिए । हलेसीपाटीले गरेको समन्वयलाई ध्यानकर्षण गरी बिधुत कार्यालय खोटाङका प्रमुख बिजयराज रेग्मीले धरौटी रकम फिर्ता गर्ने निर्णय गरेका हुन। प्राधिकरणले धरौटी बापत राखिएको १० हजार मध्य न्युनतम धरौटी १ हजार राखेर बाकी ९ हजार रुपैयाँ फिर्ता दिएको हो ।

धरौटी रकम फिर्ता हलेसीपाटीका अध्यक्ष तथा विधुत उपभोक्ता मनोज गिरीले कार्यालय प्रमुख बिजयराज रेग्मीको हात बाट  ९ हजारको चेक लिएर धरौटी रकम फिर्ताको सुरुवात गरिएको थियो । धरौटी राखेका ग्राहक हरुले धरौटी रकम फिर्ताको लागि नागरिकताको फोटोकपी र जग्गा धनी पुर्जाको फोटोकपी सहितको निवेदन लिएर बिधुत कार्यालय खोटाङमा सम्पर्क गरि धरौटी रकम फिर्ता लिन ग्राहकलाई जानकारी अनुरोध समेत गरि सकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार