महिला उद्धमी भवन निर्माणका लागि बजेटको अभाव

  बर्खायामको अविरल वर्षाका कारण निर्माणाधीन भवनलाई क्षति
392 Shares

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका को वडा नं ७ मा निर्माणाधिन महिला उद्धमी भवन बजेट अभावका कारण काम सम्पन्न हुन सकेको छैन । भवन निर्माणको जिम्मा स्थानीय राजन राइले लिएका हुन ।
राइले उक्त भवन १० लाख ५९ हजारमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएका थिए । तर प्राकृतिक प्रक्रोप ले कतिबेला के हुन्छ कसलाई थाहा हुन्छ र यो भवन निर्माणमा पनि त्यस्तै भएको छ । भवन निर्माणको जिम्मा लिएका राइले निर्माणको काम गरे । निर्माण गरेसंगै बर्षाको बाढी आएर निर्माण गरेको ठाउमा पानी पस्यो । निर्माण स्थलमा पानी पसेपछि पानीले उक्त निर्माण गर्दै गरेको भवनमा क्षती पुरायो । जसका कारण ढलान चर्किने फुट्ने भयो ।


महिला कृषि सहकारी भवन निर्माण लथालिङ भएको जनगुनासो आउनथालेपछि हलेसीपाटीका प्रकाशक तथा सम्पादक मनोज गिरीले उक्त भवन निर्माण स्थलमा अनुगमन गर्नुभएको थियो । स्थानीयको आवाज र ठेकेदारको कुरा सुन्दा बर्षाको पानीले निर्माण हुदै गरेको भवनमा क्षती पुराएको र पुन निर्माण गर्दा बजेट अभाव भएका कारण काममा ढिला सुस्ती भएको हो । भवन निर्माणको सुरुवातीमै ढलान फुटेपछि भवन पुन निर्माण गर्नु पर्ने भएका कारण बजेट अभाव हुन गइ काम सम्पन्न हुन नसकेको ठेकेदार राजनले हलेसीपाटीलाई बताए । राइका अनुसार १० लाख ५९ हजार को लागतमा भवन निर्माण गर्दा बर्षाका कारण आफु दोहोरो मारमा परेको तर आफनै गाउठाउको भएका कारण निर्मा सम्पन्न गर्नु आफनो दायित्व भएका कारण लागिपरिरहेको बताए ।

यस विषयमा सम्बन्धित निकायले स्थालगत निरिक्षण स्थानीयहरुको भनाइलाई आधारमा मानेर भवन निर्माणका लागि थप बजेट विनियोजन गर्नु पर्ने देखिएको छ भने ७ नम्बर वडा कार्यालयले रु २ लाख भवन निर्माणका लागि छुट्याइदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार