आजको संसद बैठक पनि स्थगित

काठमाडौं – आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि पनि सूचना टाँसेर स्थगित गरिएको छ।

एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाइएको बैठक हिजो पनि स्थगित गरी आजका लागि बोलाइएको थियो। एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ।

नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो।

सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका थिए। संसद्को अर्को बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार