
काठमाडौं । सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि १ बजे बस्ने जनाएको हो।
जारी सूचनामा भनिएको छ, आज मिति २०७८ साल फागुन १२ गते बिहीबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन १३ गते शुक्रबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गरिएको छ।
आजको बैठकमा एमसिसीबारे छलफल गर्ने कार्यसूची रहेको थियो। सत्तापक्षीय गठबन्धनबीच नै एमसिसीबारे मतैक्यता नहुँदा यो विषय थप पेचिलो बन्दै गएको छ।
आज बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। भेटमा एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह प्रधानमन्त्रीले आग्रह गरेका बताइएको थियो।