समाचारको प्रभाव : कर्मचारी निलम्बन, करारका लागि नयाँ विज्ञापन

 

हलेसीपाटी
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले शिवसिद्ध प्राथमिक विद्यालयलाई करारमा कर्मचारी राख्न विज्ञापन अनुमती दिएको छ । विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारी रेगिन्द्र राइलाई निलम्बन गरेपछि रिक्त रहेको पदमा विज्ञापन  मार्फत् कर्मचारी नियुक्ति गर्न नगरपालिकाले अनुमति दिएको हो ।

कार्यालय सहयोगी  रेगिन्द्र राइले विद्यालयमा अनुपस्थित हुने तर तलव बुझिरहेको सुचना पाएपछि हलेसीपाटीले विद्यालयमा छड्के गर्ने गरेको थियो । हलेसीपाटीका अध्यक्ष \प्रकाशक मनोज गिरीको सक्रियमा छड्को गर्ने क्रममा राइ विद्यालयमा उपस्थित नहुने तर तलब भने बुझिराखेको अभिलेख प्राप्त भएको थियो ।

हलेसीपाटी ले काठमाडौ मा ड्राइभिङ सेन्टर खोलेर खोटाङको विधालयको तलब सुविधा लिने गरेको सुचना बाहिर सार्वजनिक गरिदिएपछी निज राइलाई त्यस विधालयको विधालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघको मिति २०७८/०८/१२ गतेको वैठकले नीज राईलाई निलम्बन गरिएको थियो ।

राइलाई निलम्बन गरेसंगै रिक्त रहेको पदमा कर्मचारी भर्ना गर्न नगरपालिकाले त्यस्तो अनुमति दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार