हाइटेन्सन लाइनका कारण हलेसी बजार जोखिममा

वितरण केन्द्रका प्रमुख भन्छन ‘जोखिम व्यवस्थापन गर्नेछौ’

हलेसीपाटी
खोटाङ । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण त्रीधार्मिक तिर्थस्थल   भनेर चिनिने हलेसी मन्दिर आसपासका बस्तीहरु जोखिममा परेका छन् । प्राधिकरणले विद्युत विस्तार गर्ने क्रममा बजारबाट हाइटेन्सन लाईन लगेपछि त्यस आसपासका करिब २५ ३० घरपपरिवार तथा हलेसी बजार नै जोखिममा परेको छ ।
ऐतिहासिक स्थल हलेसी मन्दिर र आसपासमा लाग्ने हलेसी बजार पुरै जोखिममा परेपछि स्थानीयहरुले नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीय विनोद कुमार गिरीले प्राधिकरणलाई ध्यानाकर्षण गराएका हुन । गिरीको निवेदन लिदै वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले हलेसी बजार नै जोखिममा पर्ने भएकाले त्यसको व्यवस्थापन गरिने बताएका छन् ।

बजार आसपासमा रहेका स्थानीयहरुका घर समेत हाइटेन्सन लाइनका कारण जोखिममा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार