यथास्थितिमा एमसीसीको पक्षमा जान सकिँदैन

हलेसीपाटी
खोटाङ ७ फागुन । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण गठबन्धनमा खटपटी उत्पन्न भएको छ । स्थानीय तहको निर्वाचन को मिति घोषणा भएसंगै एमसीसीको विषयमा सत्ता गठबन्धनभित्र खटपटी चलेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रचण्ड एमसीसी सदनमा टेवल गर्ने तयारीमा छन । एमालेबाट चोइटिएर गएको नेकपा एकीकृत समाजवादीले भने यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा जान नसकिने जनाएको छ ।
नेकपा एसको आज सम्पन्न स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वसम्मत रुपमा एसीसीलाई अनुमोदन गर्न नसकिने, नेपाली जनताको चाहनाविपरित र राष्ट्रहित हुने खालका विषय संसोधन अनिवार्य रहेको निर्णय गरेको छ ।

आजको बैठकपछि नेकपा एसका उपमहासचिव जगनाथ खतिवडाले पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको अध्यय कार्यदलले बनाएको प्रतिवेदन पठेर सुनाउनुका साथै उक्त प्रतिवेदनमाथि २५ जना नेताले छलफल गरेको बताए ।

यस्तै, संसद अवरोध भइरहेको अवस्थामा एमसीसी टेबुल गर्ने विषय सोच्न नसकिने उनको भनाइ छ । उनले भने, ‘एमसीसी प्रस्ताव टेबुल गर्नु कुनै ठूलो कुरा होइन तर एमसीसीमा के छ भनेर सबैले बुझ्न जरुरी छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार