अदालतको गाडीमा आगजनी

नवलपरासी । जिल्ला अदालत नवलपुरको गाडीमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो ।

आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडूले प्रयोग गर्दै आएका थिए । स्रेस्तेदार बडू अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । राति घरमा पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो ।

आगजनीबाट गाडीको इन्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको छ । विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुन सक्ने प्रहरीले शङ्का गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार