धार्मिकस्थलको त्रिवेणी हलेसी महादेव

भरतबन्धु थापा

धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो, हलेसी महादेव । यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ ।

धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पनि पुग्ने गरिन्छ । यहाँको प्राकृतिक भू बनौट पनि अचम्मलाग्दो छ । यसलाई विश्वमै अनौठो भू बनौट मानिन्छ ।
घना जंगल । जंगलकै मध्यमा रहेको गुफा । ठीक यहीपुगेपछि देख्न सकिन्छ, अनौठो दृश्य ।

गुफाको एकातिर हिन्दु धर्मप्रतिआस्था राख्नेहरु पुजा पाठ गरीरहेका हुन्छन् भने अर्को छेउतिर बौद्ध धर्मप्रति आस्था राख्नेहरु पुजा पाठ गरिरहेका हुन्छन् । रमाइलो त के भने, हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्छन् ।

हलेसी महादेव परिसरमा हलेसी, बसाहा र भैरव गरी तीनवटा गुफा छन् । मन्दिर दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोति हुन्छ भन्ने विश्वास छ ।

यहाँ महाशिवरात्रि, रामनवमी, बालाचर्तुदशी र बालाचर्तुदशीमा मेला समेत लाग्ने गर्दछ ।

कसरी पुग्ने

काठमाडााैंबाट हलेसी पुग्न दुई बाटो छन् । एउटा, काठमाडौं, मिचैया, कटाहारी हुँदै घुर्मी हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी । अर्को बाटो, काडमाडौं धुलिखेल नेपालथोक खुर्कोट सिन्धुली घर्मी हर्कपुर हुँदै जयरामघाटबाट दुधकोशी तरेर हलेसी । काठमाडाैंदेखि हलेसी २ सय ३० किलोमिटर दूरीमा रहेको छ । जिपमा बिहान ७ बजे हिँडियो भने दिनको २ बजे पुगिन्छ ।

(अनलाइन खबर डटकमबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार