खोटाङकाे पहिचान हलेसी मन्दिर

सन्तोषराज पाण्डे

काठमाडौं । खोटाङ जिल्लामा अवस्थित हलेसी महादेवको मन्दिर खोटाङको पहिचानका रुपमा स्थापित छ।  खोटाङ १५९१ क्षेत्रफलमा फैलिएको छ।

तराईदेखि पहाडसम्म फैलिएको खोटाङ् भौगोलिकताका हिसाबले पनि सन्तुलित रहेको छ। यसको पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर छिमेकी जिल्ला रहेका छन्।

यो सगरमाथा अञ्चल खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिममा रहेको महादेवस्थानमा पर्छ। हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । हलेसी महादेवको चर्चा गर्दा ३ वटै धर्मको धार्मिक महत्व बोकेको छ। नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो ।

हलेसी गुफा’को प्राकृतिक भू(बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।

 हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । हलेसि महादेवको भ्रमण गर्नेकमो संख्या पछिल्लो समय बढ्दै गएको देखिन्छ। आन्तरिक र बाह्रय पर्यटकहरुले खोटाङ घुम्न आउदा हलेस महादेवको दर्शन नगरी फर्कन चाहादैनन्।

भौगोलिक विविधताको धनी खोटाङ पर्यटकीय जिल्ला मध्येको एक हो।

(शुभदिन डटकमबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार